परीक्षणमा देखियो थर्ड जेन क्रेटा, डिजाइनमा व्यापक परिवर्तन आउने संकेत

काठमाडौं । नयाँ जेनेरेशन हुन्डाई क्रेटा आउने भएको छ । हुन्डाई कोरियाले नयाँ जेनेरेशन क्रेटा परिक्षण सुरू गरेसँगै नयाँ डिजाइनमा क्रेटा आउने भएको हो ।

यो थर्ड जेनेरेशन क्रेटा हुनेछ । २ वर्ष अगाडि मात्र हन्डाईले सेकेन्ड जेन क्रेटा सार्वजनिक गरेको थियो ।

परिक्षणमा देखिएको नयाँ क्रेटालाई पुर्णरुपमा ढाकिएको छ । सार्वजनिक तस्बीर हेर्दा क्रेटालाई पुर्णरुपमा रि डिजाइन गरे जस्तो देखिन्छ । सेकेन्ड जेन क्रेटाको तुलानामा थर्ड जेन क्रेटाको लम्बाई अझै बढेको देख्न सकिन्छ भने, फ्रन्ट डिजाइनमा पनि व्याकप परिर्वतन हुन सक्नेछ । परिक्षण भइरहेको क्रेटाको फ्रन्ट र रियर पार्टको सम्पुर्ण विवरण नदेखिने गरि ढाकिएको छ यसले क्रेटामा सामान्य परिर्वतन नभएर डिजाइनमै परिवर्तन गरेको अनुमान गर्न सकिन्छ ।

फ्रन्टमा शार्प एज, नयाँ डिजाइन एलइडी हेडलाइट सेटअप हुने अुनमान गर्न सकिन्छ । कम्पनीले आन्तरिक कोडनेम एसएक्स ३ दिएको थर्ड जेन क्रेटा भारतमै उत्पादन गर्ने अनुमान गरिएको छ । भारतको तमिल नाडूमा रहेको हुन्डाई प्लान्टमा यसको उत्पादन भएर २०२७ को पहिलो त्रैमाशामा थर्ड जेन क्रेटा बजारमा आउन सक्नेछ ।

थर्ड जेन क्रेटाको बारेमा अन्य कुनै जानकारी बाहिर नआएतापनि कम्पनीले भारतमा उत्पादन हुने थर्ड जेन क्रेटामा पुरानै इन्जिनलाई निरन्तरता दिनेछ । हुन्डाइले भारतमा हाइब्रिड कारको बिस्तार गर्ने संकेतसँगै थर्ड जेन क्रेटालाई हाइब्रिड पावरट्रेनमा ल्याउन सक्ने भारतिय मिडियाहरुले उल्लेख गरेका छन् । यसका साथै हुन्डाई क्रेटा थर्ड जेनमा फिचर र सुरक्षामा उल्लेख्य अपग्रेड हुने सम्भावना छ ।

हुन्डाई क्रेटा थर्ड जेन हालै भारतमा सार्वजनिक गरिएको किया सेल्टोसको प्लेटफर्ममा आउने सम्भावना देखिन्छ ।

सन् २०१५ मा पहिलो पटक सार्वजनिक भएको हुन्डाई क्रेटाले यो एक डेकेडमा आफ्नो सेग्मेन्टमा सबै रेकर्डहरु बनाउँन सफल भएको छ । यो सेग्मेन्टमा अहिले भारतीय बजारमा ब्यापक प्रतिस्पर्धा बढ्दै गएको छ । रेनो डस्टर, टाटा सियरा, निसान टेक्टन, किया सेल्टोस जस्ता कार उपलब्ध छन् । यी प्रतिस्पर्धीहरुले डिजाइन र फिचर र सेफ्टी तर्फ आफुलाई लाँदै गर्दा हुन्डाई क्रेटाको लिगेसिमा चुनौती दिन सक्नेछ ।


Back_to_top