तीन नयाँ मोटरसाइकल सार्वजनिक गर्ने तयारीमा सीएफमोटो नेपाल, यस्ता छन् मोटरसाइकल

काठमाडौं । सीएफमोटोका तीन मोडलका मोटरसाइकल एकसाथ नेपाली बजारमा सार्वजनिक हुने भएको छ । सीएफमोटो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता ऋषी ट्रेड सेन्टरले तीन मोडल सार्वजनिक गर्ने तयारी थालेको हो ।

कम्पनीले सीएफमोटो ४५० सीएलसी क्रुजर र बब्बर मोडलका साथै डबल पपर्स मोटरसाइकल २५० डुअल सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले फेब्रुअरीको अन्तिमसम्ममा यी दुबै मोटरसाइकल बजारमा ल्याउने बताएको छ । कम्नपीले ल्याउने क्रुजर मोटरसाइकल ४५० सीसी क्षमातको हुनेछ भने डबल पर्पस मोटरसाइकल २५० सीसी क्षमाताको रहेको छ ।

४५० सीएलसी क्रुजर र बब्बर

कम्पनीका अनुसार ४५० सीसी मोटरसाइकलमा क्रुजर र बब्बर रहेको छ । एउटै प्लेटफर्ममा बनेको यी दुबै मोटरसाइकलको फिचर तथा इन्जिन समान छन् भने बब्बरमा सिंगल सिट र क्रुजरमा पिलियन सिट उपलब्ध छ ।

सीएफमोटो ४५० सीएलसी क्रुजर र बब्बर मोटरसाइकलमा ४४९ सीसी लिक्वीड कुल्ड प्यारलल ट्वीन सिलिण्डर डीओएचसी इन्जिन रहेको छ । यो इन्जिनले ४० हर्षपावर र ४२ एनएम टर्क जेनेरेट गर्छ । ६ स्पीडको गियर भएको यो मोटरसाइकलमा स्लिपर क्लच समेत उपलब्ध हुनेछ ।

यो मोटरसाइकल निकै प्रिमियम मोटरसाइकहरूमा हुने जस्तै बेल्ट ड्राइभ सिस्टम रहेको छ । ४५० सीएलसीको फ्रन्टमा ३७ एमएम यूएसडी सस्पेन्सन र रियरमा प्रिलोड मोनोशक सस्पेन्सन उपलब्ध छ ।

फ्रन्टमा ३२० एमएम र रियरमा २२० एनएम डिस्क ब्रेकसहित डबल च्यानल एबीएस उपलब्ध । यसमा १६ इन्च अलोय ह्वील । १६० एमएम ग्राउण्ड क्लियरेन्स उपलब्ध छ ।

१८१ किलो कुल तौल भएको यो मोटरसाइकलमा १२ लिटरको फ्युल ट्याङक, ट्रयाक्सन कन्ट्रोल, साइड स्ट्याण्ड सेन्सर, टीएफटी डिस्प्ले, बारइण्ड मिरर, एलईडी लाइट सेटअप जस्ता फिचर उपलब्ध हुनेछ ।

यी दुई मोडलका मोटरसाइकलको मूल्य १२ लाखदेखि १३ लाख रुपैयाँसम्म हुने अनुमान गर्न सकिन्छ ।

सीएफ मोटो २५० डुअल

सीएफ मोटो २५० डुअल मोटरसाइकलमा २५० सीसी लिक्विड कुल्ड इन्जिन रहेको छ । युरो ५ इमिशन स्ट्याण्डर्डमा आउने यो मोटरसाइकलले २४.४ पीएस पावरका साथै, २२.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियर रहेको छ ।

मात्र १५४ किलोग्राम तौल भएको यो मोटरसाइकल अफरोडको लागि निकै उपयोगी हुनेछ । मोटरसाइकलको अगाडि २१ र पछाडि १८ इन्चको स्पोक ह्वील प्रयोग भएको छ । टायर भने अनरोड र अफरोड दुबैका लागि उपयुक्त हुनेछ।

अगाडि यूएसडी फर्क र पछाडि मोनोशक सस्पेन्सन उपलब्ध २५० डुअलमा डबल च्यानल एबीएस र स्लिप असिस्ट क्लच दिइएको छ । यसमा २४५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स र १३ लिटर क्षमताको फ्युल ट्याङक पाउन सकिन्छ ।

यो मोटरसाइकलको मूल्य ६ लाख रुपैयाँ हाराहारीमा हुने अनुमान गरिएको छ ।


Back_to_top