काठमाडौं । होन्डा डिओ १२५ को अपडेटेड भर्सन भारतीय बजारमा सार्वजनिक भएको छ । होन्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले डिओ १२५ एक्स एडिशन सार्वजनिक गरेको हो ।
कम्पनीले केही फिचर थप गर्नुका साथै ग्राफिक्स अपडेटका साथ डिओ १२५ एक्स एडिशन सार्वजनिक गरेको हो ।
भारत तथा नेपाली बजारमा होन्डा डिओ निकै पपुलर नाम हो । नयाँ अपडेटेड भर्सनमा नयाँ बडि ग्राफिक सहित स्मार्ट कनेक्ट फिचर सहितको ४.२ इन्चको टीएफटी डिस्प्ले रहेको छ । यस डिस्प्लेमा ट्रीप मिटर, रेन्ज, मोड इन्डिकेटर, डिस्ट्यान्स टू इम्पिटी, रियल टाइम माइलेज, कल एसएमएस अलर्ट, नेभिगेसन लगाएतका अन्य विवरण देख्न सकिन्छ ।
त्यसैगरि यस स्कुटरमा एलईडी लाइट, स्मार्ट की, कीलेस स्टार्ट-स्टप सिस्टम, युएसबी चार्जिङ पोर्ट, होन्डा आइडल इन्जिन स्टार्ट-स्टप सिस्टम, डिस्कब्रेक, अलोय ह्वील र ट्युबलेस टायर जस्ता अन्य फिचरहरु पनि समावेश छन् ।
डिओ १२५ स्कुटरमा ओबीडी टूबी कम्प्लाइन्ट सहितको बीएस ६ मापदण्ड अनुसारको १२३.९२ सीसीको, सिंगल सिलिन्डर, पीजीएम एफआई इन्जिन दिइएको छ । यस इन्जिनले अधिकतम ८.३ पीएस पावर तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ ।

