पछाडि एउटा मात्र चक्का भएको इलेक्ट्रीक कार, फुलचार्जमा २०० किमि चलाउन सकिने

मुम्बाई बेस मोटर कम्पनी स्ट्रोम मोटर्सले कन्जुमर इलेक्ट्रोनिक्स एक्स्पो  २०२० मा आफ्नो पहिलो इलेक्ट्रीक उत्पादन ‘आर–३’ सार्वजनिक गर्ने भएको छ । अमेरिकाको लस भेगासमा आयोजना हुने उक्त शोमा विभिन्न इलेक्ट्रीक उत्पादनको बृहत प्रदर्शनी गरिने छ । कम्पनीले आर–थ्रीको पहिलो प्रटोटाइप भने २०१८ अप्रिलमा भारतमा प्रदर्शनी गरेको थियो । अब कम्पनीले फेब्रअरी १, २०२० बाट भारतमा यसको प्रि–बुकिङ खुल्ला गर्ने जनाएको छ ।

सुरुवातमा भारतको तीन सहर पुर्णे, हैदरावाद, दिल्ली एनसीआर र बैङलोरमा यसलाई बिक्री गर्ने योजना कम्पनीले तयार गरेको छ । कम्पनीका संचालक प्रतिक गुप्ताका अनुसार ‘मोटवानी जडेजा फाउन्डेसन अन्तर्गत संचालित विभिन्न स्टार्ट अप कम्पनीले टोक्नोलोजीमा काम गरिरहेको छ । जसले गाडीको व्याट्री इनोभेसन, आधुनिक इन्फोटेन्टमेन्ट निर्माण, एप रिमोट कनेक्टीभिटी जस्ता विषयमा काम गरिरहेको छ । गाडीको कुनै पाटर्स बिग्रन लागेको समेत पहिल्यै सुचना दिनेगरी कम्पनीले काम गरिरहेको छ ।

कम्पनीले ल्याउदै गरेको स्ट्रोम आर–३ मा अगाडि दुई चक्का रहेका छन् भने पछाडि एउटा मात्रै चक्का दिइएको छ । यसको लम्बाई २९०७ एमएम, चौडाई १४५० एमएम र उचाई १५७२ एमएम रहेको छ । यो यूनिक कारमा २०१२ एमएमको ह्वीलवेस दिइएको कम्पनीले जनाएको छ ।यसमा दिइएको मोटरले १७ बीएच पावर र ४८ एनएम टर्क प्रदान गर्छ । यसमा सिंगल स्पीड प्लेनेटरी गियरबक्स दिइएको छ । कम्पनीले यसमा २०० किलोमिटर रेञ्ज प्रदान गर्नेगरि व्याट्री प्याक प्रदान गरेको छ ।

आर–३ को विषयमा बोल्दै गूप्ताले भनेका भन्छन्, ‘यो कार विशुद्ध सहरी क्षेत्रको लागि डिजाइन गरिएको हो । ग्राहकले दैनिक ५० देखि ८० किलोमिटरसम्म यसलाई प्रयोग गर्ने छन् । यसरी हेर्दा हरेक ३ वा ४ दिनमा एक पटक चार्जगर्दा पुग्ने छ । जसलाई घरायसी प्रयोगको १५ एम्पायरको बिजुलीमा चार्ज गर्न सकिने छ । करिब ३ घन्टामा यसलाई सहजै चार्ज गर्न सकिने छ ।’ कम्पनीको दाबीलाई मान्ने हो भने यो कार निकै आरामदायी हुनेछ । यसमा म्युजिक सिस्टम, २० जीवी अनबोर्ड म्युजिक स्टोरेज, वाईफाई कनेक्टीभिटी, किलेस इन्ट्रि, रियर क्यामेरा, पावर विन्डो र तिन सिटमा सिटबेल्ट दिइने छ । कम्पनीले अहिल्यै यसको मूल्य लगायत विषयमा भने कुनै जानकारी दिएको छैन ।


Back_to_top