यी पाँच कारणले २० वर्षदेखि उत्कृष्ट छ ‘पल्सर १५०’

काठमाडौं । बजाजको पल्सर १५० अहिले नेपालमा दुई भेरियन्टमा विक्री हुँदै आएको छ । बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले विक्री गर्दै आएको पल्सर १५० नेपालमा सर्वाधिक विक्री हुने मोटरसाइकल हो ।

नेपालमा विक्री हुने १५० सीसी सेग्मेन्टमा बजाज पल्सर १५० को हिस्सा करिब ५० प्रतिशत रहेको छ । यस्तोमा पल्सर १५० धेरै विक्री हुनुको मुख्य कारण के हुन् भन्ने विषयमा धेरैको जिज्ञासा हुनु पर्छ ।

सन् २०२० मा २६ हजार ५९५ यूनिट विक्री भएको बजाज पल्सर १५० को सफलतामा मुख्यत ५ विषय रहेको देख्न सकिन्छ । यस्तोमा आज हामी यसको सफलतामा जोडिएका मुख्य विषयलाई यहाँ प्रस्तुत गरेका छौं ।

डिजाइन

सन् २००१ मा नेपाल आएको पल्सर १५० डिजाइनको कारण नै निकै चर्चामा रहन सफल भएको थियो । कम्पनीले हरेक वर्ष यसको डिजाइनमा केहि न केहि परिमार्जन गर्दै आइरहेको छ ।

विशेषत युवा लक्षित डिजाइनमा आएको पल्सर १५० मस्कुलर र स्पोर्टी लुक्सको कारण नै यसमा ग्राहकको आकर्षण बढेको हो । यसमा दिइएको स्टाइलिस हेडल्याम्प, मस्कुलर फ्यूल ट्याङ्कको कारण यसको लोकप्रियता बढ्दै गएको हो ।

फिचर

यसमा रहेको सेमिडिजिटल इन्ट्रुमेन्ट कन्सोल, क्लीप अन ह्यान्डलबार, इन्जिन किल स्वीच, ट्यूवलेस टायर, डिसी हेडल्याम्प जस्ता फिचरलाई ग्राहकले धेरै रुचाएको पाइन्छ ।

इन्जिन

पल्सरको सफलतासँग जोडिएको अर्को विषय यसमा रहेको डिटिएसआई इन्जिन हो । यसमा रहेको १४९ सीसी क्षमताको १५.१ पीएस पावर र १२.५ एनएम टर्क प्रदान गर्ने छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ । कम सीसीमा धेरै पावर भएको मोडलमा पल्सर १५० पर्दै आएको छ ।

उच्च माइलेज

पल्सर १५० माइलेजको कारण पनि धेरैको रोजाइमा पर्दै आएको छ । यसमा रहेको डिटिएसआई टेक्नोलोजीले यसको माइलेजलाई निकै मजबुद बनाएको छ । पल्सर १५० ले ६५ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्ने एआरएआईले प्रमाणित गरेको छ ।

सस्तो मूल्य

बजाज पल्सर १५० सेग्मेन्टकै सर्वाधिक कम मूल्य भएको मोटरसाइकल हो । यसका प्रतिस्पर्धी मोडल यामाहा एफजेड सिरिजभन्दा यसको मूल्य निकै कम रहेको छ भने, टीभीएसको आरटीआर सिरिजभन्दा केहि सस्तो रहेको छ ।

नेपालमा बजाज पल्सरको क्लासिक मोडलको मूल्य २ लाख ६२ हजार ९०० रुपैयाँ रहेको छ भने, दुबै चक्कामा डिस्क ब्रेक रहेको ट्वीन डिस्क भेरियन्टको मूल्य २ लाख ७३ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top