टाटा सफारीको नयाँ अवतार, यहि महिनाबाट विक्री सुरु हुने

काठमाडौं । टाटा मोटर्सले आफ्नो चर्चित सफारी नामबाट नयाँ एसयूभी बजारमा ल्याउने भएको छ । यसअघि ग्रभिटास नामबाट अटो एक्स्पो २०२० मा शोकेस भएको ७ सिट क्षमताको एसयूभी अब टाटा सफारीको नामबाट आउने भएको हो ।

टाटा मोटर्सले सन् १९९८ मा सफारी नामको ट्रेडमार्क दर्ता गरेको थियो । लामो समयसम्म यसको विक्री वितरण भएको थियो । नेपालमा पनि टाटा सफारी अहिले गुडिरहेको छ । यस्तोमा एक्कासी कम्पनीले आफ्नो पुरानो जिवन्त नाम सफारीलाई निरन्तरता दिने घोषणा गरेको हो ।

यसअघि बजारमा रहेको हाई बोनेट टाटा सफारीको तुलनामा नयाँ सफारी विल्कुलै फरक डिजाइन थेममा आउने छ । नयाँ एसयूभी टाटा एच ५ मा आधारित एसयूभी हो । यसअघिको सफारी फोर वाई फोर सिस्टममा थियो भने नयाँ सफारी फ्रन्ट ह्वील ड्राइभ सिस्टममा आउने छ ।

नयाँ सफारीमा २.० लिटर फोर सिलिण्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १६८ बीएच पावर र ३५० एनएम टर्क प्रदान गर्ने छ । यसमा ६ स्पीड म्यानुयल र ६ स्पीड टर्क कर्न्भटर अटोमेटिक गियरबक्स रहने छ ।


Back_to_top