सुनरा ‘के-५’ मिडिया टेस्ट राइड सम्पन्न, किन्नेलाई ६० हजार छुट

काठमाडौं । इलेक्ट्रीक स्कुटरको मिडिया टेस्ट राइड सम्पन्न भएको छ । सुनरा इलेक्ट्रिक स्कुटरको लागि नेपालको आधिकारीक बिक्रेता इटालिया मोटरवर्क्सले मिडिया राइड कार्यक्रम आयोजना गरेको हो ।

ललितपुरको सानेपा आयोजना भएको यस कार्यक्रममा ४० भन्दा बढी मिडिया प्रतिनिधिहरूले सहभागिता जनाएको कम्पनीले जानकारी दिएको छ ।

यो टेष्ट राइडमा मिडिया प्रतिनिधिहरुले सुनरा इलेक्ट्रीक स्कुटरका मोटर पावर, प्रदर्शन, प्राविधिक विशेषताहरू, र मूल्य नीतिबारे प्रत्यक्ष रूपमा अनुभव गरेका थिए। सुनरा इलेक्ट्रीक स्कुटरहरुमा पावरफुल मोटर भएका कारण यसको परिक्षणका लागि उपर्युत हुने सानेपा एरियामा यो टेष्ट ड्राइभ कार्यक्रम आयोजना गरिएको कम्पनीको भनाई छ ।

सुनरा के-५ मा ४ किलोवाट पिक पावर क्षमताको मोटर जडान गरिएको छ । यसमा उपलब्ध ७२ भोल्ट ३५ एम्पीयर आवरको ग्राफिन ब्याट्री ५ देखि ६ घण्टामा पूर्ण चार्ज हुन्छ । एकपटक चार्जमा १०० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। सुनरा के ५ को मूल्य १ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यस्तै अर्को मोडल रोबो-एस ३ किलोवाट पावर क्षमताको मोटर र ७२ भोल्ट २० एम्पियर आवरको दुई लिथियम ब्याट्रीमा उपलब्ध छ । यसलाई एक पटक चार्ज गरेर १३५ किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दावी छ ।

रोबो-एसको मूल्य ३ लाख ७९ हजार ९०० रपैयाँ रहेको छ । यो स्कुटर अहिले छुटसहित ३ लाख १९ हजार ९०० मा उपलब्ध छ।

त्यसैगरी अर्को मोडल हंक सिंगल र डबल ब्याट्री विकल्पसहित उपलब्ध छ। डबल ब्याट्री मोडलको मूल्य ३ लाख १७ हजार ९०० रुपैयाँ र सिंगल ब्याट्री भेरियन्टको मूल्य २ लाख ३६ हजार ९०० रुपैयाँ रहेको छ । यी दुबै मोडलमा उपभोक्ताले क्रमशः ५९ हजार र ३७ हजार रुपैयाँ छुट रहेको छ ।


Back_to_top