नेपाल आउने ई-भिटारामा रहने छन् यस्ता फिचर

काठमाडौं । मारुती सुजुकीले भारतमा उत्पादन गर्ने ई-भिटाराको सम्पूर्ण डिटेल बाहिर आएको छ । सुजुकीले नेपालमा पनि बिक्री गर्ने आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी विभिन्न १० कलर अप्सनमा आउने भएको छ ।

सिजी मोटोकर्पले नेपाल ल्याउने ई-भिटारामा १८० एमएम मात्रै ग्राउन्ड क्लियरेन्स रहने छ । गाडीको साइज पनि ग्राण्ड भिटाराभन्दा सानो हुनेछ । विद्युतीय ई-भिटाराको लम्बाइ ४२७५ एमएम छ । जबकी ग्राण्ड भिटाराको लम्बाइ ४३४५ एमएम लामो छ ।

ई-भिटाराको चौडाइ १८०० एमएम, उचाइ १६३५ एमएम तथा २७०० एमएमको ह्वीलबेस छ । यसमा १८ इन्चको ह्वील पाउन सकिन्छ ।

मारुती सुजुकीले ई-भिटारामा धेरै प्रकारका अत्याधुनिक फिरचहरू दिएको छ । यो ईभीको एक्सटेरियरको फ्रन्टमा एलइडी हेडलाइट, डे टाइम रनिङ लाइट र टेल लाइट पाउन सकिन्छ । यसको फ्रन्ट ग्रीलमा एक्टीभ एयर भेन्टस दिएको छ । सुजुकीले यसमा ठूलो पानारोमिक सनरुफ दिएको छ ।

ई-भिटाराको इन्टेरियरमा मल्टिकलर एम्बियन्ट लाइट, वायरलेस चार्जर, १०.२५ इन्चको इन्फोटेन्मेन्ट टचस्क्रीन, १०.१ इन्चको डिजिटल इन्स्ट्रुमेन्टल क्लस्टर उपलब्ध हुनेछ । वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्नेछ ।

हर्मन कार्डनको अडियो सिस्टम, इनकार कनेक्टिभिटी टेक, सिंगल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, पीएम २.५ एयर फिल्टर, १० वे पावर एड्जस्टेबल ड्राइभर सिट, रिक्लाइन स्लाइडिङ र स्प्लीट रियर सिट, इको नर्मल र स्पोट्स ड्राइभ मोड, स्नो मोड, वान पेडल ड्राइभिङ मोड पाउन सकिन्छ ।

मारुती सुजुकीले ई-भिटारामा लेभल २ एडास फिचर दिएको छ । यसका अलावा ७ एयरब्याग, ब्लाइण्ड स्पट मनिटरिङ सिस्टम, टायर पेसर मोनिटर, ३६० डिग्री क्यामरा, फ्रन्ट र रियर पार्किङ सेन्सर रहने छ । रियर डिस्क ब्रेक, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड फङ्सन, पैदल यात्रुको लागि अकुस्टिक भेहिकल अलार्म सिस्टम लगायतका सुरक्षा फिचर रहनेछन् ।

सिजी मोटोकर्पले अबको केही महिना भित्रै ई-भिटारा नेपालमा ल्याउने छ ।


Back_to_top