तीन नयाँ इलेक्ट्रीक बाइकको विक्री सुरु, किन्न चाहनेले डाउन पेमेन्ट तिर्नु नपर्ने

काठमाडौं । डी-लाइफ स्टाइल्स प्रालिले तीन मोडलका इलेक्ट्रीक मोटरसाइकलको विक्री सुरु गरेको छ । कम्पनीले सुपर सोको ब्रान्डका इलेक्ट्रीक मोटरसाइकलको विक्री सुरु गरेको हो ।

कम्पनीले सुपर सोकोका विभिन्न तीन मोडलका स्कुटर पनि नेपाल ल्याएको छ । कम्पनीले तीन मोडलका मोटरसाइकल तथा ३ मोडलमा स्कुटर नेपालमा विक्री सुरु गरेको छ । सुपर सोको सीयूक्स, सुपर सोको सीपीएक्स, सुपर सोको भिएएस१ स्कुटर हो भने सुपर सोको टीएसएक्स, टीसी म्याक्स, सुपर सोको टीसी इलेक्ट्रीक मोटरसाइकल हो ।

सुपर सोको मोटरसाइकल तथा स्कुटर डबल व्याट्री अप्सनमा नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । टीएसएक्स मोटरसाइकल सिंगल ब्याट्री अप्सनको मूल्य २ लाख ८५ हजार ९०० रुपैयाँ रहेको छ भने डबल ब्याट्री अप्सनको ३ लाख ६० हजार ९९९ रुपैयाँ रहेको छ ।

त्यसैगरि अर्को मोटरसाइकल सुपर सोको टीसीको सिंगल ब्याट्री अप्सनको मूल्य २ लाख ८९ हजार ९०० र डबल ब्याट्री अप्सनको मूल्य ३ लाख ७५ हजार ९०० रुपैयाँ रहेको छ । साथै, टीसी म्याक्सको मूल्य मूल्य ४ लाख ८९ हजार ९०० रुपैयाँ तोकिएको छ भने यसको डबल ब्याट्री अप्सनको मूल्य केही समय पश्चात् निर्धारण हुने कम्पनीले जनाएको छ ।

त्यसैगरि स्कुटर तर्फ सीयूएक्सको मूल्य २ लाख ३९ हजार ९०० रुपैयाँ रहेको छ । यसको डबल ब्याट्री अप्सन हाल उपलब्ध नरहेको कम्पीले जनाएको छ । त्यसैगरी सीपीएक्स र भीएस१ को मूल्य समान सिंगल ब्याट्रीको ४ लाख ६९ हजार ९०० रुपैयाँ र डबल ब्याट्री अप्सनको मूल्य ५ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ ।

डि–लाइफ स्टाइलले सुपर सोको मोटरसाइकल तथा स्कुटर शून्य प्रतिशत डाउन पेमेन्टमा किन्न सकिने अफरसमेत ल्याएको छ । दुइ बर्षको किस्तमा किन्दा ग्राहकले १५ प्रतिशत व्याजदर तिनुपर्ने कम्पनीले जनाएको छ । सुपर सोको मोटरसाइकललाई हिमालयन, एभरेष्ट र माछापुच्छ्रे बैकले कर्जा उपलब्ध गराउने भएको हो ।


Back_to_top