दमदार इलेक्ट्रीक मोटरसाइकल, ११० किलोमिटर माइलेज, यस्तो छ मूल्य

काठमाडौं । अघिल्लो वर्षबाटै नेपाली बजारमा सुपर शोको इलेक्ट्रीक मोटरसाइकलको बिक्री वितरण हुँदै आएकोमा अब भने कम्पनीको लेटेस्ट मोडल टीसी म्याक्स नेपाल आएको हो । 

नेपाली बजारमा सुपर शोको ब्राण्डका मोटरसाइकल तथा स्कुटर दिगो ग्रुपले बिक्री वितरण गर्दै आएको छ । उक्त नयाँ मोडललाई कम्प्नीले गत भदौमा भएको नाडा अटो शो २०१९ मा पहिलो पटक सार्वजनिक गरेको हो ।

टीसी म्याक्स इलेक्ट्रीक मोटरसाइकलले मोटर रेटेड पावर ३ किलोवाट र पिक पावर ५ किलोवाट जेनेरेट गर्छ भने यसले १८० एनएमको अधिकतम टर्क प्रदान गर्नेछ । एक पटकको फुलचार्जमा ११० किलोमिटर माइलेज दिने छ । 

यसमा लिथियम पौच सेल व्याट्री दिइएको छ । उक्त व्याट्रीको क्षमता ३२४० वाट आवर रहेको छ । यसलाई ९० भोल्टको चार्जरबाट चार्जगर्दा ८ देखि ९ घण्टासम्म लाग्ने छ । यस मोटरसाइकलको अगाडि र पछाडिको दुबै चक्कामा २४० एमएमको डिस्क ब्रेक दिइएको छ । 

मोटरसाइकलको डायमेन्सनलाई हेर्ने हो भने यसको लम्बाई १९६३ एमएम, चौडाई ७१० एमएम र उचाई १०४७ एमएम रहेको छ । यसले अधिकतम तौल १५० केजी बोक्ने छ ।  

यसमा एलइडी हेडल्याम्प र टेल ल्याम्प दिइएको छ भने, एलसीडी डिजिटल कन्सोल दिइएको छ । यसको नेपाली बजारमा मूल्य ५ लाख ४८ हजार रुपैयाँ तोकिएको छ । 


Back_to_top