काठमाडौं । ट्राफिक प्रहरीले मंगलबार बिहान काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सरप्राइज चेकिङ गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका कार्यालयले उपत्यकाका विभिन्न स्थानमा सरप्राइज चेकिङ गर्दा ९८ जना सवारी चालकलाई कारबाही गरेको हो ।
चेकिङका क्रममा मदिरा पिएर सवारी साधन चलाउने ७ जना चालकहरू कारबाहीमा परेका छन् ।
त्यसैगरी, रातो बत्ति उल्लंघन गर्ने , लेन अनुशासन कायम नगर्ने तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ९१ वटा सवारी साधनका चालकहरूलाई कारबाही गरिएको कार्यालयल जनाएको छ ।

