बजेट फ्रेन्डली ‘भेन्टिलेटेड’ सिट भएका ६ एसयूभी

काठमाडौं । भेन्टिलेटेड सिट भएका बजेट फ्रेन्डली एसयूभीको खोजीमा हुनुहुन्छ भने तपाईं ५० लाख रुपैयाँभन्दा कम मूल्यमा ५ विकल्प पाउनु हुन्छ ।

भेन्टिलेटेड सिटको प्रयोग भने गर्मी महिनामा धेरै हुन्छ । देशको उपत्यका वा पहाडी जिल्लाको तुलनामा तराईका जिल्लामा भेन्टिलेटेड सिटको आवश्यकता धेरै हुन्छ । किनभने तपाईंमा गर्मी महिनामा अधिक गर्मी हुनेगर्छ ।

ईभीको प्रयोग व्यापक हुँदै जाँदा सिटहरू थप लग्जरी र परिष्कृत हुँदै गएका छन् । चालक र यात्रुको आवश्यकतालाई मध्यनजर गर्दै कार निर्माताहरूले बजेट कारमै भेन्टिलेटेड र हिटेड सिट उपलब्ध गराएका छन् ।

हिटेड सिट भएका गाडी तुलनात्मक महँगो मानिन्छ । तथापि, कम मूल्यकै गाडीमा पनि हिटेड सिटसमेत उपलब्ध हुन थालेका छन् । त्यसैले हामीले यहाँ ५० लाखभन्दा कम मूल्यका भेन्टिलेटेड सिट भएका एसयूभीको बारेमा चर्चा गरेका छौं ।

टाटा पन्च : सिप्रदी ट्रेडिङले बिक्री गर्दै आएको टाटा पन्च एक माइक्रो एसयूभी सेग्मेन्टको मोडल हो । यसमा अगाडिका दुई सिट भेन्टिलेटेड दिइएको छ । यसको टप भेरियन्टको मूल्य ४० लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री हुँदै आएको छ ।

नामी भिगो : एमएडब्लू वृद्धिले नेपाली बजारमा उपलब्ध गराएको नामी भिगोमा अगाडि हिटेड र भेन्टिलेटेड सिट पाउन सकिन्छ । भिगोमा भेन्टिलेटेड र हिटेड सिटको आनन्द चालक सिटमा मात्रै उठाउन सकिन्छ । नामी भिगोको टप भेरियन्ट किन्न ४१ लाख ९९ हजार रुपैयाँ तिर्नुपर्छ ।

बीवाइडी एटो टु : साइमेक्स इंक प्रालिले बिक्री बिक्री गर्दै आएको अहिलेको सर्वाधिक चर्चित मोडल एटो टुमा पनि अगाडिका दुई सिट भेन्टिलेड दिइएको छ । कम्पनीले ४३ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री गर्दै आएको एटो टु छोटो समयमा नै सफलता पाउन सफल मोडल हो ।

एमजी एस फाइभ : एमजी एस फाइभको लग्जरी भेरियन्ट किन्न ४९ लाख ९९ हजार रुपैयाँ तिर्नुपर्छ । ५० लाखभन्दा कम मूल्यमा हिटेड र भेन्टिलेटेड सिट अगाडिका दुबै प्यासेन्जरको लागि उपलब्ध मोडलमा एमजी एस फाइभ पर्छ । पारामाउन्ट मोटर्सले बिक्री गर्ने सफल मोडल एमजी एस फाइभ हो ।

नेक्सन केथ्री : सिप्रदी ट्रेडिङले ४८ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री गर्दै आएको नेक्सन केथ्री एसयूभी पनि अगाडिका दुबै सिट भेन्टिलेटेड छन् । नेपालको निकै सफल मध्येको इलेक्ट्रीक एसयूभीमा नेक्सन पर्छ ।

आइकार भी-२३ : केही दिनअघि मात्रै बिक्री सुरू भएको आइकार भी-२३ पनि भेन्टिलेटेड सिट भएको एसयूभी हो । झट्ट हेर्दा लाइफ स्टाइल एसयूभीको झल्को आउने आइकार भी-२३ को मूल्य ४७ लाख ९९ हजार रुपैयाँ छ ।


Back_to_top