काठमाडौं । स्पोर्टी स्कुटरको कारण दुई पाङ्ग्रे सवारी साधनको बजार हिस्सामा स्कुटरको ४० प्रतिशतभन्दा बढी हिस्सा भइसकेको छ । विशेषत होन्डा, टीभीएस र यामाहाले अहिले यो सेग्मेन्टमा स्कुटर विक्री गर्दै आएका छन् ।
नेपालमा वार्षिक १ लाख यूनिटभन्दा धेरै स्पोर्टी स्कुटर विक्री हुन थालेका छन् । यस्तोमा यही सेग्मेन्टमा प्रतिस्पर्धा गर्न सुजुकीले नयाँ स्पोर्टी स्कुटर ‘एभेनीस’ बजारमा उतार्ने भएको छ ।
भारतमा केही समय अघि सार्वजनिक भएको एभेनीस १२५ मार्चको पहिलो हप्तासम्म नेपाल आउन सक्ने कम्पनी स्रोतले जानकारी दिएको छ ।
‘अहिले नेपालमा विक्री हुने स्कुटर सेग्मेन्ट नै स्पोर्टी हो । यसमा एभेनीसले राम्रो बजार पाउने अपेक्षा गरेका छौं । मार्चमा यसलाई विक्री सुरु गर्नेगरी तयारी भइरहेको छ’, भिजी सुजुकी स्रोतले मेरोअटोसँग भन्यो ।
सुजुकी एभेनीस १२५ को सिधा प्रतिस्पर्धा टीभएस एनटर्क १२५ र होन्डा ग्राजिया १२५ सँग हुने देखिएको छ । फिचरका हिसावले पनि यसको पहिलो प्रतिस्पर्धी एनटर्क नै देखिन्छ । सुजुकीले एभेनीस १२५ स्पोर्टी लुक्स र सार्प डिजाइनमा निर्माण गरेको छ । कम्पनीले एभेनिसको मोटोजीपी एडिशन समेत बजारमा ल्याएको छ ।
एभेनीसमा मूख्य फिचरको रुपमा ब्लुटुथ केनक्टिभिटी, एप वेस कनेक्टिङ फिचर, चार्जिङ पोर्ट, डिजिटल कन्सोल, एलइडी हेडल्याम्प र टेलल्याम्प, एलइडी डिआरएल छन् । यो स्कुटरको फ्रन्टमा ग्लोवबक्स, साइड स्ट्यान्ड इन्जिन कट फिचर पाउन सकिन्छ ।
यो स्कुटरमा १२४.३ सीसी २ भल्भ इन्जिन रहेको छ । यो इन्जिनले ८.७ पीएस पावर तथा १० एनएम टर्क जेनेरेट गर्छ ।

