काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक वितरक भिजी सुजुकीले ‘बीएस ६’ स्कुटरमा विन्टर अफर ल्याएको छ ।
कम्पनीले नेपाली बजारमा २ मोडलका स्कुटर बीएस ६ भर्सनमा विक्री गर्दै आएको छ । कम्पनीले केही समय अगाडि सुजुकी एसेस १२५ र वर्गम्यान १२५को बीएस ६ भर्सन नेपालमा विक्री सुरु गरेको हो ।
भिजी सुजुकीले यी दुवै मोडलका स्कुटरमा विन्टर अफर ल्याएको हो । कम्पनीले सार्वजनिक गरेको अफरमा यी दुबै मोडलमा नगद १० हजार छुट पाउन सकिन्छ ।
सुजुकी एसेस १२५ बीएस ६ को मूल्य २ लाख ६५ हजार ९०० रुपैयाँ र वर्गम्यान १२५ को मूल्य २ लाख ७६ हजार ९०० रुपैयाँ रहेको छ । सुजुकीको विन्टर अफर अन्तर्गत यी स्कुटर खरिद गर्दा ग्राहकले नगद १० हजार रुपैयाँ छुट पाउन सक्ने छन् ।
बढ्यो सुजुकीको मूल्य
कम्पनीले हालै मात्र नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । नयाँ मूल्यसूची अनुसार दुई मोडलका स्कुटरमा दुई दुई हजार रुपैयाँले मूल्य वृद्धि भएको छ भने एक मोडलको मोटरसाइकलमा ७ हजार रुपैयाँले मूल्य वृद्धि भएको हो ।
कम्पनीले सुजुकी एसेस र वर्गम्यान बीएस ६ भर्सनमा २/२ हजार रुपैयाँ र जिक्सर १५० एफआई नेकेड भर्सनको मूल्य ७ हजार रुपैयाँले वृद्धि गरेको हो ।


