सुजुकी जिक्सर–२५० सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । सुजुकीको बहुप्रतिक्षित मोटरसाइकल जिक्सर–२५० भारतीय बजारमा सार्वजनिक भएको छ । भारतमा यो मोटरसाइकलको मूल्य १ लाख ७० हजार भारु तोकिएको छ । 

भारतीय बजारमा सार्वजनिक भएसँगै नेपाली बजारमा यसलाई खोज्ने र कहिले आउँछ भनेर चर्चा सुरु भइसकेको छ । नेपाली बिक्रेता भीजी अटोमोबाइलले यो मोटरसाइकल नाडा अटोसम्ममा नेपाली बजारमा ल्याउने प्रयास भइरहेको जनाएको छ ।

विशेषतः सुरक्षालाई मध्यनजर गर्दै जिक्सर–२५० को उत्पादन गरिएको कम्पनीको दाबी छ । ड्यूल च्यानल स्ट्यान्डर्ड एबीएसकासाथ आउने नयाँ जिक्सरमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । 

यसमा उपलब्ध सिङ्गल सिलिन्डर फ्यूल इन्जेक्टेड–२५० सीसी इन्जिनले २० बीएचपी पावरकासाथै २० एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । साथै, यसमा ६ स्पीड ट्रान्समिसन लगाइएको छ । 

सुजुकी जिक्सर २५० मा यूएसडी सेटअप र रियरमा मोनोसक सन्स्पेन्सन दिइएको छ । कम्पनीले इन्ट्री–लेवल प्रिमियम मोटरसाइकलको बजारलाई ध्यानमा राख्दै यो मोटरसाइल निर्माण गरेको जनाएको छ । 

यामाहा एफजेड–२५ सँग प्रतिस्पर्धा गर्न ल्याउन लागिएको यो मोडलले राम्रो ब्यापार गर्ने कम्पनीले अपेक्षा राखेको बताएको छ ।

यदि यो तत्काल नेपाली बजारमा आउने हो भने यसको मूल्य ४ लाख ५० हजार रुपैयाँ पर्ने अनुमान लगाउन सकिन्छ । यसले बजारमा यामाहा एफजेड–२५, बजाज पल्सर एनएस–२०० जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top