सुजुकीले ५ दिनपछि नेपालमा नयाँ स्कुटर सार्वजनिक गर्ने

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्नपील भीजी सुजुकीले ५ दिनपछि नयाँ स्कुटर नेपालमा सावर्जनिक गर्ने भएको छ । कम्पनीले आफ्नो सोलल मिडिया पेजमार्फत नयाँ स्कुटर सार्वजनकि आउँदै गरेको जानकारी दिएको हो ।

कम्पनीले केही दिन भित्रनै सार्वजनिक गर्ने तयारी गरेको स्कुटर एभेनिस १२५ रहेको छ । भीजी सुजुकीले लामो समयदेखी नेपाली बजारमा सार्वजनिक गर्ने भनिएको एभेनिस १२५ को तयारी विभिन्न कारणले हुन सकेको थिएन ।

गत वर्ष नै भारतीइ बजारमा सार्वजनिक भएको एभेनिस १२५ ले राम्रो प्रदर्शन गरिरहेको छ । यो स्कुटरले नेपाली बजारमा सेग्मेन्ट लिडर एनटर्क १२५ र होन्डा ग्राजिया १२५ सँग सिधा प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ ।

नेपालमा वार्षिक १ लाख यूनिटभन्दा धेरै स्पोर्टी स्कुटर विक्री हुन थालेका छन् । यस्तोमा यही सेग्मेन्टमा प्रतिस्पर्धा गर्न सुजुकीले नयाँ स्पोर्टी स्कुटर ‘एभेनीस’ बजारमा उतार्ने तयारी गरेको हो ।

यो स्कुटरमा १२४.३ सीसी २ भल्भ इन्जिन रहेको छ । यो इन्जिनले ८.७ पीएस पावर तथा १० एनएम टर्क जेनेरेट गर्छ ।

एभेनीसमा मूख्य फिचरको रुपमा ब्लुटुथ केनक्टिभिटी, एप वेस कनेक्टिङ फिचर, चार्जिङ पोर्ट, डिजिटल कन्सोल, एलइडी हेडल्याम्प र टेलल्याम्प, एलइडी डिआरएल छन् । यो स्कुटरको फ्रन्टमा ग्लोवबक्स, साइड स्ट्यान्ड इन्जिन कट फिचर पाउन सकिन्छ ।


Back_to_top