सुजुकीले स्कुटर र एड्भेन्चर मोटरसाइकल नेपाल ल्याउने

काठमाडौं । सुजुकीको आधिकारीक वितरक भिजी सुजुकीले नयाँ स्पोर्टी स्कुटर एभेनीस असारमा नेपाल ल्याउने भएको छ । कम्पनीले केही महिना अघिनै भारतमा विक्री सुरु गरे पनि अब नेपाल आउने भएको हो ।

सुजुकी एभेनीस १२५ स्पोर्टी डिजाइनमा तयार भएको स्कुटर हो । बजारमा उपलब्ध अन्य स्पोर्टी स्कुटर एनटर्कदेखि होन्डा ग्रजियासम्मका मोडलसँग प्रतिस्पर्धा गर्न यो मोडल आउन लागेको हो ।

यसको साथै कम्पनीले केही दिनअघि भारतमा सार्वजनिक भएको भी स्ट्रोम २५० एड्भेन्चर मोडल पनि नेपाल ल्याउने तयारी गरिरहेको जनाएको छ ।

‘आगामी महिना एभेनीस स्पोर्टी स्कुटर सार्वजनिक गर्ने योजना बनाएका छौं । सम्भवत ‘नाडा अटो शो २०२२’ मा भी स्ट्रोम २५० सार्वजनिक गर्ने छौं’, भिजी सुजुकी स्रोतले मेरोअटोसँग भन्यो ।

एभेनीस १२५

सुजुकीले एभेनीस १२५ स्पोर्टी लुक्स र सार्प डिजाइनमा निर्माण गरेको छ ।

एभेनीसमा मूख्य फिचरको रुपमा ब्लुटुथ केनक्टिभिटी, एप वेस कनेक्टिङ फिचर, चार्जिङ पोर्ट, डिजिटल कन्सोल, एलइडी हेडल्याम्प र टेलल्याम्प, एलइडी डिआरएल छन् । यो स्कुटरको फ्रन्टमा ग्लोवबक्स, साइड स्ट्यान्ड इन्जिन कट फिचर पाउन सकिन्छ ।

यो स्कुटरमा १२४.३ सीसी २ भल्भ इन्जिन रहेको छ । यो इन्जिनले ८.७ पीएस पावर तथा १० एनएम टर्क जेनेरेट गर्छ ।

भी स्ट्रोम २५०

सुजुकी भी स्ट्रोम २५० एड्भेन्चर टुरर डिजाइनमा निर्माण भएको मोटरसाइकल हो । यो मोटरसाइलकमा २४९ सीसी सिंगल सिलिन्डर आयल कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९३०० आरपीएममा २६ पीएस पावर तथा ७३०० आरपीएममा २२.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा पनी ६ स्पीडको गियरबक्स पाउन सकिन्छ ।

भी स्ट्रोम २५०को अगाडि टेलिस्कोपिक र रियरमा स्वीङ आर्म सस्पेन्सन उपलब्ध छ । यसमा एलइडी लाइट्स, एबीएस, डिजिटल कन्सोल जस्ता फिचर उपलब्ध छ ।


Back_to_top