महिन्द्राको ‘एसपी प्लस’ ट्रयाक्टर नेपालमा

काठमाडौं । महिन्द्रा समूहले उत्पादन र विक्री वितरण गर्दै आएको फार्म इक्विपमेन्ट सेक्टरले आफ्नो सबै नयाँ ‘एसपी प्लस’ ट्रयाक्टर सिरिज नेपालमा विक्री सुरु गरेको छ ।

नयाँ सिरिजका ट्रयाक्टरहरू महिन्द्राको उन्नत ईएलएस इन्जिन र रिभर्स पीटीओ सहितको डुअल क्लच गियरबक्समा उपलब्ध छन् ।

उच्च लिफ्ट क्षमतायुक्त हाइड्रोलिक स्टेरिङ, तेल इमस्र्ड ब्रेक जस्ता फिचर रहेका छन् । यी फिचर उत्पादकत्व वृद्धि गर्न सहयोगी हुनेछन् । यी ट्रयाक्टर कृषि गर्न र ढुवानीमा प्रयोग गर्न उपयोगी हुने भएकाले किसानको उत्पादकत्वमा सहयोगी बन्छ ।

नयाँ महिन्द्रा एसपी प्लस ट्रयाक्टरहरु क्रमशः जेठ ७, ८ र ९ गते देशका विभिन्न स्थान विर्तामोड, विराटनगर र जनकपुरमा विक्री सुरु गरिएको छ । नयाँ उपयोगी साधन सार्वजनिक गर्ने कार्यक्राममा महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडका र अग्नि ग्रुपका प्रतिनिधि, स्थानीय डिलर, स्थानीय उद्योग वाणिज्य संघ र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

अब कम्पनीले छिट्टै नै नयाँ एसपी प्लस सिरिजको ट्रयाक्टर बिरगन्ज, चितवन र नेपालगन्जमा पनि सार्वजनिक हुने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको कृषि उपकरण क्षेत्र, अन्तर्राष्ट्रिय कार्य सञ्चालन प्रमुख प्रकाश वाकंनकरका अनुसार बदलिँदो समयसँगै किसानहरू आफ्नो उत्पादकत्व बढाउन चाहन्छन् । त्यसैले नयाँ एसपी प्लस श्रृङ्खला नेपालमा पनि विक्री सुरु गर्न थालिएको हो ।

विक्री शुभारम्भको अवशरमा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भने, ‘किसानलाई अझ धैरै कार्य गर्न र आफ्नो कृषि उत्पादकत्वलाई बढाउन सहयोग गर्ने एसपी प्लस श्रृङ्खलामा उद्योग मै अग्रणी ६ वर्षे वारेन्टी उपलब्ध रहेको छ । महिन्द्रासँगको हाम्रो सम्बन्धको ३० वर्ष पूरा गरिरहँदा यो अग्नि ग्रुपका लागि पनि गर्वको क्षण बनेको छ ।’


Back_to_top