सिजी ल्याण्डमार्कमा टाटाको ‘एक्सपिरियन्स जोन’

नारायणगढ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले नारायणगढमा रहेको सिजी ल्याण्डमार्कमा ‘एक्सपिरियन्स जोन’को सुरुवात गरेको छ । उक्त एक्सपिरियन्स जोनको उद्घाटन कलाकार दयाहाङ्ग राई सहित नेपाली चलचित्र कवड्डी टिमले गरेको हो ।

यसअघि ललितपुरको लाबिम महलमा पहिलो एक्सपिरियन्स जोन खोलेको सिप्रदी ट्रेडिङले आफ्नो दोस्रो ‘टच प्वइन्ट’ चितवन स्थित सीजी ल्याण्डमार्कमा स्थापना रहेको हो ।

यस एक्सपिरियन्स जोनमा बजार प्रतिनिधिहरु मार्फत टाटा मोटर्सका गाडीहरुको बारेमा विस्तृत जानकारी प्रदान गर्नुको साथै, टेस्ट ड्राइभ गर्ने सुविधा पनि प्रदान हुने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । साथै, टाटा मोटर्सका ग्राहकहरुका लागि मात्र प्रिभिलेज्ड पार्किङ्गको पनि सुविधा रहेको छ ।

टाटा मोटर्सले ग्राहक सेवालाई अझै परिस्कृत र उत्कृष्ट बनाउने उद्देश्यले शोरुमभन्दा बाहिरबाट पनि यस किसिमको सेवा दिन थालेको जनाएको छ ।


Back_to_top