काठमाडौं । हुन्डाईले भारतमा ग्राण्ड आई १० नियोसको नयाँ भेरियन्ट थप गरेको छ । कम्पनीले यसअघि विक्री गर्दै आएको इरा, मग्ना स्पोट्ज र आस्टा भेरियन्ट विक्री गर्दै आएको थियो । अब भने कम्पनीले कर्पोरेट एडिसन थप गरेर ल्याएको हो ।
कम्पनीले कर्पोरेट एडिसनलाई स्पोट्ज भेरियन्टभन्दा तल र मग्नाभन्दा माथिल्लो सेग्मेन्टमा राखेर भारतमा सार्वजनिक गरेको हो । नेपाली बजारमा भने मग्ना र स्पोट्ज भेरियन्ट मात्रै उपलब्ध हुँदै आएको छ ।
हुन्डाईले कर्पोरेट भेरियन्टमा टेक्नोलोजी र एक्सटेरियरमा सुधार गरेको जनाएको छ । यसको अगाडि ग्रिल ग्लोसी ब्ल्याक कलरमा दिइएको छ । १५ इन्चको नयाँ अलोय ह्वील, कालो कलरको ओआरभीएम, रुफरेल, पछाडि क्रोमको प्रयोग गरेको छ भने कारको भित्री भागमा पनि परिमार्जन गरेको छ ।
ओआरभीएममा टर्न इन्डिकेटर, नयाँ ६.७५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम जस्ता नयाँ पन कर्पोरेट भेरियन्टमा उपलब्ध हुने छ । यो भेरियन्ट नेपाल आउँछ वा आउँदैन भन्ने विषयमा अहिले कुनै जानकारी प्राप्त छैन ।

