नेपाल प्रहरीले ४६ लाखमा किन्न लागेको सुजुकी भी-स्ट्रोममा थपियो नयाँ फिचर

जापानीज बाइक निर्माता कम्पनी सुजुकीले आफ्नो एड्भेन्चर बाइक भी स्ट्रोम ६५० एक्सटीमा एबीएस सुबिधा थप गरेर बजारमा ल्याएको छ । 

नेपाल प्रहरीले केही दिनअघि भीआईपीको सवारीमा प्रयोग गर्ने भन्दै सुजुकीको भि स्ट्रोम ६५० बाइक किन्ने निर्णय गरेको थियो । 

कम्पनीले बाइकमा डबल च्यानल एबीएससहित ग्राफिकमा पनि केहि परिर्वतन गरेको छ । कम्पनीले बाइकको इन्जिनमा भने कुनै परिर्वतन गरेको छैन । 

यो बाइकमा ६४५ सीसी क्षमताको इन्जिन रहेको छ । यो इन्जिनले ७० बीएचपी पावर ६८ एनएम टर्क जेनेरेट गर्छ । यो बाइकमा ६ स्पीडको गियर बक्स जडान गरिएको छ । 

ट्रायाक्सन कन्ट्रोल सुबिधासमेत रेहेको यस बाइक हिलोमा समेत चिप्लिदैन । भारतीय बजारमा दुई कलर अप्सनमा उपलब्ध रहेको बाइकमा अगाडि १९ इन्च तथा पछाडि १७ इन्च स्पोक ट्वीबलेस ह्वील दिइएको छ । 

बाइकमा ४३ एमएम टेलिस्सकोप र्फक र रियरमा मोनोसक रहेको छ । फ्रन्टमा टोकीको डबल पिस्टन क्यालीपर र रियरमा सिगंल निस्सीन डिस्क ब्रेक उपलब्ध रहेको छ ।

२० लिटर फ्यूल ट्याङ्क क्षमता रहेको यो बाइकको तौल २१६ केजी रहेको छ । भारतीय बजारमा ७ लाख ४६ हजार मूल्य रहेको यो बाइक नेपाल प्रहरीले भिआइपी सवारीका लागी किन्ने भएको हो । 

यो बाइक नेपाल प्रहरीले किन्दा ४६ लाख ६० हजार रुपैयाँमा किन्ने निर्णय भएको छ । 


Back_to_top