सुजुकीले नेपाल ल्याउँदै जापानमा उत्पादन भएको नयाँ एसयूभी, यस्तो छ मूल्य

काठमाडौं । सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले जापानमा उत्पादन भएको नयाँ एसयूभी ल्याउने घोषणा यसअघि नै गरिसकेको छ । कम्पनीले ल्याउने नयाँ एसयूभी भिटारा मार्चमा नेपाल आउने भएको हो ।

सिजी मोटोकर्पले नयाँ भिटाराको मूल्य ७९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर यसअघि नै नेपालमा बुकिङ खुल्ला गरिसकेको छ । सुजुकीले ल्याउने नयाँ भिटाराले नेपाली बजारमा जीप कम्पास, हुन्डाई टुसान, किया स्पोर्टेज जस्ता मोडलसँग मूल्यको हिसावले सिधा प्रतिस्पर्धा गर्ने छ ।

सुजुकी भिटारा यूरोपमा निकै राम्रो बजार पाइरहेको एसयूभी हो । १.६ लिटरको नेचुरल एस्पायर्ड इन्जिनमा उपलब्ध भिटारामा फोर वाइ फोर ड्राइभ सिस्टम दिइएको छ । उक्त इनिजनले अधिकतम ६००० आरपीएममा ११५ बीएच पावर र ४४०० आरपीएममा १५६ एनएम टर्क प्रदान गर्छ । यसमा सिक्स स्पीड टर्क कन्र्भटर गियरबक्स दिइएको छ ।

बक्सी डिजाइनमा तयार भएको सुजुकी भिटारामा ४ ड्राइभिङ मोड उपलब्ध रहेको छ । चालकले आफ्नो आवश्यकता अनुसार यसलाई अटो, स्पोर्ट, स्नो र लक मोडमा चलाउन सक्ने छन् ।

भिटारामा ४.२ इन्चको मल्टी इन्फर्मेशन इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ । साथै, ७ इन्चको टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम यसमा पाउन सकिन्छ । पानारोमिक सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिडल वाच जस्ता फिचरले यसको ड्यासबोर्ड निकै प्रिमियम देखिन्छ ।

सुरक्षाको लागि यो एसयूभीमा ड्यूल सेन्सर ब्रेक सपोर्ट, व्लाइन्ड स्पट मोनिटर, ब्रेक एसिस्ट, अटोमेटिक ब्रेक, रियर क्रस ट्राफिक अलर्ट, क्रुज कन्ट्रोल, एयरव्याग जस्ता फिचर उपलब्ध रहेको छ ।

सुजुकीको ५ इलिमेन्ट ग्रिल, एलइडी हेड ल्याम्प, फग ल्याम्प र टेल ल्याम्प रहेको भिटारा उत्कृष्ट एसयूभी रहेको छ ।


Back_to_top