पहिलोपल्ट स्विफ्टले पायो ५ स्टार सुरक्षा रेटिङ, यहि हप्ताबाट नेपालमा

काठमाडौं । जापानमा भएको न्यू कार एसिस्मेन्ट प्रोग्राम (जेएनक्याप) ले नयाँ मारुति सुजुकी स्विफेटलाई ५ स्टार सुरक्षा रेटिङ प्रदान गरेको छ । 

यो ६ स्टार सुरक्षा रेटिङ स्विफ्टले पाएको पहिलो पटक हो । यसअघि कुनैपनि सुरक्षा टेष्टमा ५ स्टार रेटिङ पाएको थिएन । यसपटक स्विफ्टले सवारीसाधन भित्र यात्रा गर्नेको सुरक्षामा ८७.८ र पैदल यात्रुको सुरक्षामा ७८.७ अंक पाएको छ ।

यसअघि युरो एनक्यापमा भएको परिषणमा यस कारले ३ स्टार रेटिङ पाएको थियो भने यसको फुलअप्सन कारले ४ स्टार रेटिङ पाएको थियो । 

सुरक्षालाई विशेष चासो दिएर निर्माण गरिएको यस कारमा डियुल एयर ब्याग दिइएको छ । साथै अगाडिको बम्परमा विशेष प्रकारको मेटिरियल्स् तथा डिजाइनको प्रयोगबाट पैदलयात्रीको सुरक्षालाई समेत ध्यान दिइएको छ । एबिएस, इबिडीलगायतका सुरक्षा उपकरण जडान भएका छन् ।   

कम्पनीले भारतीय बजारमा यो कारको १ लाख युनिट बुकिङ लिइसकेको जनाएको छ । 

१२०० सीसी केसीरीज भीभीटी पेट्रोल इन्जिन दिइएको यो कारले ६००० आरपीएममा ८२ बीएचपी पावर तथा ४२०० आरपीएममा ११३ एनएमको टर्क उत्पादन गर्छ । स्विफ्ट थर्ड जेनरेशनमा आई पुग्दा यसको च्यासीस र डिजाईनमा समेत धेरै परिमार्जन गरिएको छ ।

नेपालमा पनि यसको बुकिङ  आधिाकरीक बिक्रेता सिजी मोटोर्कपले लिइरहेको छ । सुरुमा नेपाली बजारमा दुई भेरीयण्ट ‘भी यक्स आई’ र ‘जेड यक्स आई’मा उपलब्ध हुने छ । नयाँ मारुती सुजुकी स्विफ्ट पेट्रोल इन्जिनमा म्यानुअल ट्रासमिसनमा मात्र उपलब्ध हुनेछ ।  


Back_to_top