काठमाडौं । नेपालगन्जबाट जुम्लाकोलागि उढेको तारा एयरको नाइएन एइभी विमान जुम्ला विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ ।
विमानको पाङ्ग्रा पड्केको विमानस्थल स्रोतले जानकारी दिएको छ । पाङ्ग्रा पड्किएपछि विमान अनियन्त्रित भएर धावनमार्गबाट चिप्लिएर दुर्घटना भयो। दुर्घटनाग्रस्त विमानको अघिल्लो भाग पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
विमानमा १८ यात्रु र दलक दलका सदस्य थिए । उनीहरु सबै सकुशल रहेको तारा एयरले जानकारी दिएको छ ।

