फक्सवागेन ग्रुपको स्कोडा डिभिजनले भारतीय बजारमा टाटा मोटर्ससँग मिलेर बजेट कार निर्माण गर्ने योजना बनाएको धेरै भयो । तर, बीचमा कम्पनी यो योजनाबाट बाहिरिन खोजेको आशंका भए पनि पुरानो सम्झौताबाट टाढिने औपचारीक घोषणा भने भएको थिएन । दक्षिण एशियाली देशमा लाखौं युनिट बजेट कार निर्यात गर्ने रणनीति बनाएको फक्सवागेन ग्रुपले टाटाको प्रविधि प्रयोग गरी इन्ट्री लेभलका कारको प्लाटफ्रम विकास गर्ने योजना बनाएको थियो । तर, पछिल्लो समयमा यी दुई बीचको सहकार्यबारे प्रतिक्रिया दिँदै स्कोडाका सीईओ बर्नहार्ड माएरले टाटासँगको सहकार्य सैद्धान्तिकरुपमा अझै सम्भव हुनसक्ने बताएका छन् ।
जर्मन कार निर्माता कम्पनीले चिनियाँ बजारमा आफुलाई पूर्णत स्थापित गरेको छ । तर, जनसंख्याको हिसाबले ठूलोमध्येको अर्को भारतमा उसले आफ्नो बजार हिस्सा पाउन सकेको छैन ।
फक्सवागेन समूहले भारतको लागि बजेट कार निर्माण गर्ने योजना बनाएको छ, जसको नेतृत्व स्कोडाले गर्नेछ । बेइजिङ अटो–शोमा आयोजित साक्षात्कार कार्यक्रममा मायरले भने ‘हामीले भारतमा बजार विस्तारबारे विश्लेषण गरेका छौं । अहिले भारतीय कार बजारमा उच्च प्रतिस्पर्धा छ । हामी यथाशक्य चाँडो बजारमा प्रवेश गर्नेछौं ।’
चिनियाँ बजारमा फक्सवागेन सबैभन्दा धेरै बिक्ने कारमा पर्छ । यो जर्मन कार निर्माता कम्पनीले चिनियाँ बजारमा आफुलाई पूर्णत स्थापित गरेको छ । तर, जनसंख्याको हिसाबले ठूलोमध्येको अर्को भारतमा उसले आफ्नो बजार हिस्सा पाउन सकेको छैन । भारतीय ग्राहकले मारुति सुजुकी र हुन्डाई मोर्टसको ह्याचब्याक र सबकम्प्याक्ट मोडल बढि रुचाउने गरेका छन् । अघिल्लो वर्ष जापनी कम्पनी टोयोटाले १ लाख ५७ हजार सवारीसाधन बिक्री गर्दा फक्सवागेनले ६३ हजार ७ सय ३२ युनिट सवारी बिक्री गरेको थियो ।
सस्ता कार निर्माण प्राथमिकतामा
पछिल्लो सयम फक्सवागेनले टाटा कम्पनीसँगको प्रविधिक सहयोग र सहकार्यमा लागत कम गर्ने योजनाअनुरुप सम्झौता गरिएको थियो । तर, त्यो सम्झौता ५ महिनापछि नै कार्यान्वयनमा नआउने कुरा बाहिरिएको थियो । दुबै कम्पनीले भविष्यमा उपयुक्त परिस्थिति निर्माणपछि आवश्यक सहकार्य हुनसक्ने बताउँदैआएका थिए ।
अहिले भारतमा भएको कारको बजार विस्तारलाई लिएर दुवै कम्पनी पुनः नजिक आउन सक्ने वातावरण बन्दै गएको अनुमान लगाउन थालिएको छ ।
फक्सवागेन कम्पनीको विषयमा विभिन्न वातावरणसम्बन्धी स्क्यान्डलहरू बाहिर आइरहेको समयमा यी दुई कम्पनीबीचको सहकार्यबाट पर्यावरणलाई ध्यानमा राख्दै ‘क्लीन कार’ उत्पादनमा काम गर्न सक्ने कुरालाई नकार्न सकिँदैन ।
सन् २०२५ सम्ममा भारतमा ५ प्रतिशत बजार हिस्सा पुर्याउने घोषणा गरेको फक्सवागेन कम्पनीले स्थानीय साझेदार खोजेर काम गर्ने निश्चित छ । के त्यो कम्पनी टाटा हुनेछ ?
‘भारतीय इमिसन रेगुलेसन अथ्रुरिटिले सन् २०२०–२०२१ मा प्रदूषणसम्बन्धी नयाँ नीति लागू गर्नेछ’ पाएरले भने ।
भारत सरकारले सन् २०२० सम्म अटो निर्माण, अटो बजार विस्तार तथा व्यापारमा आपूmलाई निक्कै अगाडि लाने योजनाअनुरुप काम गरिरहेको छ । साथै, उसले युरोपिएन, अमेरिकन र जापानीज प्रदूषण मापदण्डलाई हेरर नयाँ नीतिसमेत तर्जुमा गर्दैछ । अहिले भारतका केही सहर विश्वका २० प्रदूषित सहरमा परेका छन् ।
हाल फक्सवागेनजस्तै, फोर्ड मोटर पनि भारतीय बजारमा व्यापार विस्तार गर्ने योजना बनाइरहेको छ । उसले, हालै भारतको स्थानीय एसयूवी निर्माता महिन्द्रा कम्पनीसँग सम्झौता गरेको छ ।
भारतमा २०१७ मा बिक्री भएको सवारीसाधनको संख्या ३२ लाख ३० हजार रहेको थियो । भारतीय सोसाइटी अफ इन्डियन अटोमोवाइल म्यानुफ्याक्चरले पछिल्ला दिनमा भारतीय बजारमा सवारीसाधनको माग बढ्दै गएको तथ्याङ्क सार्वजनिक गरिरहेको छ ।
त्यस्तोमा सन् २०२५ सम्ममा भारतमा ५ प्रतिशत बजार हिस्सा पुर्याउने घोषणा गरेको फक्सवागेन कम्पनीले स्थानीय साझेदार खोजेर काम गर्ने निश्चित छ । के त्यो कम्पनी टाटा हुनेछ ?