काठमाडौं । टारो मोटरसाइकलको मूल्य घटेको छ । कम्पनीले आफ्ना मोटरसाइकलमा मूल्य घटाएको हो ।
टारो मोटरसाइकलको नेपालका लागी आधिकारीक वितरक ओम मोटोकर्प प्रालिले नेपाली बजारमा उपलब्ध २ मोडलको मोटरसाइकलमा मूल्य घटाएको हो ।
टारोका दुई मोडल जीपी टू २०० र जीपी वान २५० को मूल्य घटेको हो । जीपी टू २०० को मूल्य ८० हजार रुपैयाँले घटेर ४ लाख ७५ हजार रुपैयाँ कायम गरिएको छ । यसमा कम्पनीले ८० हजार रुपैयाँ मूल्य घटेको हो ।
त्यसैगरी, जीपी वान २५० को मूल्य ६ लाख ७० हजारबाट ६ लाख कायम गरिएको छ । यसमा ७० हजार रुपैयाँ घटेको हो ।
मूल्य घटाएसँगै कम्पनीले एक्सचेन्ज तथा फाइनान्स दुवैको सुविधा पनि उपलब्ध गराएको जनाएको छ ।
हाल उपत्यका भित्र कम्पनीको थ्रीएस सुविधाको साथ नक्साल, टेकु र धोबीघाटको शोरुमबाट टारोका मोटरसाइकल बिक्री भइरहेको छ । साथै, उपत्यका बाहिर इटहरी, हेटौंडा र पोखरामा शोरुम संचालनमा ल्याएको छ ।


