पाँच महिनामै चीनमा बन्यो टेस्लाका करिब ४ लाख कार

काठमाडौं । अमेरिकी लग्जरी इलेक्ट्रीक भेहिकल कम्पनी टेस्लाले सन् २०२३ को पहिलो पाँच महिनामा ३ लाख ८२ हजार ८५९ यूनिट टेस्लाका कार बिक्री गर्न सफल भएको छ । कम्पनीले पाएको यो सफलतालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

टेस्लाले चीनको संघाइमा रहेको गिगा प्लान्टबाट मे महिनामा मात्रै ७७ हजार ६९५ यूनिट कार उत्पादन गरेर बजारमा पठाएको छ । यो संख्या अघिल्लो महिना अप्रिलको कुल बिक्री संख्या ७५ हजार ८४२ यूनिटभन्दा १ हजार ८५३ यूनिटले बढी हो ।

अमेरिकी कम्पनीले चीनको संघाइ प्लान्टबाट मोडल थ्री र मोडल वाई मोडलको उत्पादन गर्दै आएको छ । उक्त प्लान्टबाट उत्पादित इलेक्ट्रीक कारहरु चिनियाँ बजारको साथै, अन्य मूलूकमा पनि निर्यात सुरु भइसकेको छ ।

कम्पनीले मे महिनामा चीनमा उत्पादन गरेको मध्ये ३९ हजार ९५६ यूनिट चीनमा र ३५ हजार ८८६ यूनिट अन्य देशमा निर्यात गरेको हो ।

टेस्लाले संघाइ गिगा फ्याट्रीबाट सन् २०२३ को मार्चमा सबैभन्दा बढी ८८ हजार ८६९ यूनिट कार उत्पादन गरेको थियो । जनवरीमा ६६ हजार ०५१ यूनिट, फेब्रुअरीमा ७४ हजार ४०२ यूनिट उत्पादन भएको थियो ।


Back_to_top