विलिङ मिनी ईभी किन्दा इलेक्ट्रीक साइकल सित्तैमा

काठमाडौं । विलिङ एयर मिनी इलेक्ट्रीक कार किन्ने ग्राहकलाई इलेक्ट्रीक साइकल दिने स्कीम कम्पनीले सार्वजनिक गरेको छ । कम्पनीले नेपालमा विलिङ एयर मिनी ल्याएको एक वर्ष पुरा भएको अवसरमा ग्राहकल लक्षीत कार्यक्रम संचालन गरेको हो ।

बज्र ग्रुपले नेपालमा बिक्री गर्दै आएको विलिङ मिनी दुई ब्याट्री अप्सनमा नेपाली बजारमा बिक्री हुँदै आएको छ । कम्पनीले यी दुई मध्ये कुनै पनि अप्सनको ईभी किन्ने ग्राहकलाई सिंगल चार्जमा ६० किलोमटर गुडाउन मिल्ने इलेक्ट्रीक साइकल निःशुल्क दिन लागेको हो ।

कम्पनीको अनुसार उक्त साइकलमा बोस्चको मोटर र सामसुङको ब्याट्री उपलब्ध छ । कम्पनीले यो स्कीम आज जेठ २३ गतेबाट लागु हुनेगरी नक्साल, राधेराधे र भैसेपाटी शोरुमबाट उपलब्ध गराउँदै आएको छ ।

सानो साइज, राम्रो रेन्ज र सुरक्षा फिचरमा पनि राम्रो भएको कारण विलिङले अन्तर्राष्ट्रिय बजारमा राम्रो ब्यापार गरिरहेको छ । यो मिनी कारको लम्बाई २९७४ एमएम, चौडाई १५०५ एमएम र उचाई १६३१ एमएम रहेको छ ।

विलिङको सर्ट रेन्ज भेरियन्टमा १७.३ किलोवाट आवरको ब्याट्री छ । यसमा मोटर पनि ३० किलोवाट क्षमताको मात्रै छ । यसले एक पटकको फुल चार्जमा २०० किमि रेन्ज दिने कम्पनीले दावी छ ।

लङ रेन्ज मोडल भने २६.७ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध छ । यसमा पनि ३० किलोवाट क्षमताको मोटर दिइएको छ । यसले एक पटकको फुलचार्जमा ३०० किमी रेन्ज दिने कम्पनीको दाबी छ ।

कम्पनीले स्ट्याण्डर्ड रेन्ज मोडलको मूल्य २४ लाख ९९ हजार र लङ रेन्ज मोडलको मूल्य ३० लाख ९९ हजार तोकेर बिक्री गर्दै आएको छ ।

दुई ढोका र चार सिट अप्सनमा नेपाल आएको विलिङ एआई फिचर भएको मिनी ईभी हो । सुरक्षाको लागि यसमा एयरव्याग, इबीडी सहितको एबीएस, टायर प्रेसर मोनिटर, रिभर्स पार्किङ सेन्सर, रिभर्स क्यामेरा जस्ता फिचर उपलब्ध छन् । कम्पनीले यसको व्याट्रीमा ८ वर्षको वारेन्टी दिएको छ ।


Back_to_top