यामाहाकाे नयाँ मूल्यसूची, यस्ताे छ मोडल अनुसारकाे मूल्य

काठमाडौं । यामाहाका मोटरसाइकल र स्कुटरमा मूल्य वृद्धि भएको छ । कम्पनीले केही दिनअघि आफ्ना सवारीसाधनको मूल्य वृद्धि गरेको हो ।

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारीक विक्रेता कम्पनी एमएडब्लू इन्टरप्राइजेजले आफ्ना उत्पादन अनुसार १ हजारदेखि १६ हजार रुपैयाँसम्मले मूल्य वृद्धि गरेको हो ।

कम्पनीले मोटरसाइकलतर्फ यामाहाको चर्चित मोडल एमटी १५ मा सबैभन्दा बढी १६ हजार रुपैयाँ मूल्य बढाएको छ । त्यसैगरी आर १५ एममा १० हजार रुपैयाँ वृद्धि गरिएको छ ।

कम्पनीले आफ्नो एफजेड एक्स एक्स कनेक्ट डार्क नाइटमा ९ हजार, एफजेडएस भीटूमा ७ हजार, एफजेड भी टू र सलुटोमा १ हजार रुपैयाँले मूल्य बढाएको हो ।

त्यसैगरी, स्कुटरतर्फ भने रेजेडआर १२५ एफआईमा ५ हजार र रेजेडआर स्ट्रीट र्याली १२५ एफआईमा ३ हजार रुपैयाँ मूल्य बढाइएको हो ।

नयाँ मूल्य पश्चात यामाहा आर १५ एम मोटरसाइकलको मूल्य ६ लाख ९ हजार ९०० रुपैयाँ पुगेको छ । त्यसैगरी एमटी १५ बीएस सिक्सको ४ लाख ९९ हजार ९०० र एफजेडएक्स एक्स कनेक्ट डार्कनाइटको ३ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको छ ।

यामाहा एफजेडएस भी टूको मूल्य ३ लाख ५९ हजार ९०० कायम हुँदा एफजेड भी टूको मूल्य ३ लाख २९ हजार ९०० पुगेको छ । १२५ सीसी क्षमताको सलोटुको मूल्य २ लाख ४७ हजार ९०० कायम भएको छ ।

यामाहाले बिक्री गर्ने स्कुटरहरु रेजेडआर १२५ एफआईको मूल्य २ लाख ७४ हजार ९०० र रेजेडआर १२५ स्ट्रीट र्याली एफआईको २ लाख ९९ हजार ९०० रुपैयाँ कायम भएको छ ।


Back_to_top