काठमाडौं । टाटा मोटर्सले आफ्नो लाइट कमर्शियल गाडी एसलाई दुई भेरियन्टमा नेपाल ल्याएको छ । कम्पनीले एस पीकअप ट्रकलाई ‘एस ईभी सीएलबी र फ्याट बेड भेरियन्ट’मा ल्याएको हो ।
युवा स्वरोजगारलाई निकै उपयोगी साना मझौला ब्यवसायी र औद्योगिक उत्पादन ओसारपसार लक्षीत टाटा एस ईभी सार्वजनिक गर्दै टाटा मोटर्स कमर्शियल भेहिकल डिभिजनका अन्तर्राष्ट्रिय बिजनेश हेड अनुराग मेहरोत्राले भने, ‘वातावरणमैत्री भेहिकलहरु बजारमा ल्याएर ढुवानीमा शसक्त बन्ने योजना अनुसार नयाँ भेरियन्ट ल्याइएको हो ।’
नयाँ भेरियन्ट सार्वजनिक गर्दै सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले भने, ‘टाटा एसलाई सीएलबी र फ्याटबेड भेरियन्टमा ल्याउन पाउँदा हामी खुसी छौं । यसको लागि ईको सिस्टम बनाउन हामी प्रतिवद्ध छौं ।’

सेप्टेम्बर २०२३ मा लन्च गरिएको टाटा एस ईभीको सफलतापछि कम्पनीले उपत्यका र उपत्यका बाहिर पोखरा, इटहरी, नारायणघाट र बुटवलमा सेवा बिस्तार गरेको छ । अहिले टाटा एस ईभीको कन्टेनर भेरियन्टको मूल्य २२ लाख ९९ हजार, सीएलबी मोडलको मूल्य २२ लाख ७९ हजार र फ्ल्याट भेरियन्टको मूल्य २१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।


