मोटरसाइकलको बिक्री घट्नुको कारण प्रधानमन्त्रीले देखाए

काठमाडौं । नेपाली युवाहरु धेरै विदेश जाँदा मोटरसाइकलको बिक्रीमा कमी आएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आज (आइतबार) संसदमा विश्वासको मत माग्दै गर्दा युवा बाहिर गएका कारण मोटरसाइकलको बिक्री घटेको बताएका हुन् ।

केही वर्ष अघिसम्म राम्रै संख्यामा बिक्री हुने मोटरसाइकल अहिले बिक्री हुन छाडेको बताउँदै अहिले मोटरसाइकलभन्दा स्कुटरको बिक्री वृद्धि भएको समेत उनले बताए ।

केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री हुँदै गर्दा विश्वासको मत माग्दै गर्दा युवा विदेशिदा राज्यलाई आर्थिक तथा सामाजिक क्षती भएको बताउँदै,‘ केही वर्ष अघिसम्म नेपालमा मोटरसाइकल निकै बिक्री हुन्थो, तर अहिले मोटरसाइकलको तुलनामा स्कुटरको बिक्री धेरै हुने समाचारहरू सुनेको छु ।’

पछिल्लो वर्ष भसांर विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मोटरसाइकलको तुलनामा स्कुटरको आयात बढेको थियो ।

अघिल्ला वर्षहरुमा ६० प्रतिशत मोटरसाइकल र ४० प्रतिशत स्कुटहरू आयात हुँदै आएको अवस्थामा आर्थिक वर्ष २०७९/८० मा स्कुटरको आयात बढेर झण्डै ६० प्रतिशत पुगेको थियो ।


Back_to_top