नेपालमा ‘एटो-थ्री’ले बनायो नयाँ रेकर्ड

काठमाडौं । बीवाइडीको चर्चित स्पोर्टी एसयूभी एटो-थ्रीले नेपालमा नयाँ रेकर्ड बनाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा सर्वाधिक बिक्री हुने मोडलको रेकर्ड बनाएको हो ।

ठ्याक्कै तथ्यांक नभएपनि एक वर्षमा अहिलेसम्म एटो-थ्रीको जति आयात सिंगल मोडल कुनै पनि ब्राण्डले गर्न सकेको छैन । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले एटो-थ्रीको विभिन्न तीन भेरियन्ट मिलाएर २ हजार ८३१ यूनिट आयात गरेको देखिन्छ ।

कम्पनीले यस अवधिमा १५० किलोवाट क्षमताको मोटर जडान भएको एटो-थ्री ८ यूनिट, १०० किलोवाटको मोटर र ६० किलोवाट आवरको ब्याट्री भएको सुपेरियर मोडलको आयात १ हजार ३८२ यूनिट गरेको छ ।

त्यसैगरी कम्पनीले ५० किलोवाट आवर क्षमताको ब्याट्री भएको एटो-थ्री एड्भान्स मोडलको आयात १ हजार ४४१ यूनिट गरेको छ । समग्रमा २ हजार ८३१ यूनिट एटो-थ्री एक आर्थिक वर्षमा नेपाल आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

अहिले पर्फमेन्स मोडल एटो-थ्री नेपाली बजारमा उपलब्ध छैन । यसको एड्भान्स मोडलको मूल्य ५६ लाख ९० हजार रुपैयाँ छ । त्यस्तै सुपेरियर मोडलको मूल्य ६७ लाख ८० हजार तोकेर बिक्री हुँदै आएको छ ।


Back_to_top