टाटाको नयाँ प्रिमियम ह्याचव्याक कारको नाम ‘अल्ट्रोज’

टाटा मोटर्सले आगामी ५ मार्चमा टाटा–४५ एक्सको नामले परिचित ह्याचब्याक ‘अल्ट्रोज’ सार्वजनिक गर्ने भएको छ । कम्पनीले नयाँ प्रिमियम ह्याचव्याक अल्ट्रोजलाई ८९ औँ जेनेभा इन्टरनेशनल मोटर शोमा शोकेस गर्ने तयारी गरेको हो । 

उक्त मोडलले मारुती सुुजुकी बलेनो, हुन्डाई इलाईट आई–२०, होन्डा ज्याज र फक्सवागेन पोलोसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । 

अल्ट्रोज २.० डिजाइनमा निर्माण भएको कम्पनीको दोस्रो मोडल हो । कम्पनीको अर्काे चर्चित मोडल ह्यारिएरसमेत सोही डिजाइनमा निर्माण भएको थियो । 

कम्पनीले यसमा १.२ लिटर टर्बोचार्ज्ड रेभोट्रोन थ्री–सिलिन्डर पेट्रोल इन्जिन दिएको छ । सिक्स–स्पीड म्यानूअल र सिक्स–स्पीड एएमटी ट्रान्समिसन रहने यस मोडलमा माइल्ड हाइब्रिड प्रणाली उपलब्ध हुने कम्पनीले जनाएको छ । 


Back_to_top