टाटाले ल्याउने ४ नयाँ ईभीको मिति घोषणा

काठमाडौं । टाटा मोटर्सले विद्युतीय गाडीमा आफ्नो प्रतिबद्धता पुन प्रस्तुत गरेको छ । टाटाले आगामी वर्षहरुका लागि नयाँ ईभी लाइनअपको टाइम लाइन प्रस्तुत गरेको छ ।

कम्पनीले कर्भ, ह्यारियर, सियरा र अभिन्या ईभीको लन्चिङ डेट प्रस्तुत गरेको हो । कम्पनीले नयाँ लाइनअपमा अभिन्या बाहेक सबै मोडल ईभी र आईसीई दुबै इन्जिन अप्सनमा ल्याउन लागेको हो ।

टाटा मोटर्सले कर्भलाई पेट्रोल र ईभी दुबै भर्सनमा ल्याउने बताएको छ । कम्पनीले कर्भलाई अक्टुबर तथा नोभेम्बर महिनासम्म लन्च गर्ने जनाएको छ । यो मोडलले कम्प्याक्ट मिडसाइज एसयूभीहरु हुन्डाई क्रेटा, किया सेल्टोस, मारुती ग्राण्ड भिटारा जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै टाटाले मिडसाइज एसयूभी सेग्मेन्टमा ह्यारियर ईभी ल्याउने भएको छ । टाटाले ह्यारियरलाई पहिल्यैदेखि डिजेल इन्जिनमा पनि उपलब्ध गराउँदै आएको छ । ह्यारियर ईभी आगामी वर्षको मार्च महिनामा बजारमा आउने छ ।

टाटा मोटर्सले अभिन्या ब्राण्डलाई प्रिमियम ईभीका लागि डेडिकेटेड फ्ल्यासिप ब्राण्ड बनाउने घोषणा गरिसकोको छ । यो ब्राण्डमा धेरैवटा मोडलहरु आउने कम्पनीले घोषणा गरेको छ । टाटाको अभिन्या जेएलआरको इएमए प्लेटफर्ममा बन्नेछ । टाटाको अभिन्याको रेन्ज ३०० किलोमिटरभन्दा धेरै हुने बताइएको छ । टाटाले यो इभी सन् २०२६ मा लन्च गर्नेछ ।

अभिन्या जस्तै सन् २०२६मा अर्को सिरिया ईभी समेत लन्च गर्ने कम्पनीले जनाएको छ । सिरिया ईभीमा ड्यूल मोटर सेटअप सहित अलह्वील ड्राइभ सिस्टम रहनेछ । टाटा मोटर्सले सिरिया ईभीको डिजाइन प्याटेन्ट फाइलिङ गरिसकेको छ । यसका धेरै डिजाइन फिचरहरु सन् १९९१ देखि २००३ सम्म बिक्री भएको आइसीई सिरियाबाट आउनेछ । टाटाले सिरियालाई पनि आईसीइ पावरमा फेरी लन्च गर्ने अनुमान गरिएको छ ।

टाटाले ईभीलाई विस्तार गर्नका लागि ५० भन्दा बढि ईभी डेडिकेटेड शोरुम बनाउने घोषणा गरेको छ । त्यस्तै ईभीको इको सिस्टम बनाउन हाल रहेको १० हजार चार्जिङ पोइन्टलाई आगामी सन् २०३० सम्म १ लाखको संख्या बनाउने जनाएको छ ।

 


Back_to_top