जनवरी २६ भारतीय गणतन्त्र दिवस हो । यहि दिन पारेर भारतीय मोटर निर्माता कम्पनी टाटाले गाडीको सुरक्षा सम्बन्धी नयाँ क्याम्पेयन लन्च गरेको छ । यो क्याम्पेन मारुती सुजुकीको बहुचर्चित क्याम्पेयन ‘कित्ना देती हे’ बाट इन्स्पाएर भएर सार्वजनिक गरिएको देखिन्छ ।
मारुती सुजुकीको यो रमाइलो क्याम्पेनमा ग्राहकहरुले कुनै पनि कुरालाई वास्ता नगरि मात्र कारले दिने माइलेजको कुरा जान्न खोजेका थिए । सो क्याम्पेनमा सामान्य नागरिकहरुले सुपर सोनीक जहाज, स्पेस सटल र अमेलीया जोन्सनलाई समेत कि ‘कित्ना देती हे’ भन्ने प्रश्न गरेको देखाइएको थियो ।
सायद यहि क्याम्पेनको माध्यमबाट पनि हुन सक्छ भारतीय प्यासेन्जर कार सेग्मेन्टमा मारुती सुजुकीको ५० प्रतिशत भन्दा बढि हिस्सा रहेको छ । भारतीय ग्राहकहरु कार किन्दा सबैभन्दा बढि सो कारले कति माईलेज दिन्छ भन्नेमा फोकस रहने गरेका छन् ।
त्यसैले मारुतीले उत्पादन गरेका कारहरु माईलेजको हिसाबले भारतीय बजारमा उपलब्ध कुुनै पनि ब्राण्डका कारहरु भन्दा उत्कुष्ट रहने गरेको छ ।
तर के कार किन्दा माइलेज मात्र हेर्ने हो ? कारमा यात्रारत मानिसको सुरक्षाको कुनै प्रश्न हुदैन भनेर टाटा मोटर्सले नयाँ क्याम्पेयनमा सोधेको छ ।
हिजो टाटा मोटर्सले सार्वजनिक गरेको भिडियोमा ‘कित्ना देती हे’ को बदलामा ‘कित्ना सेफ हे’ भनेर सोध्नुपर्ने जनाएको छ ।
भारतीय अटो निर्माताले भारतमा निर्माण गरेको टाटा नेक्सनले अन्तर्राष्ट्रिय एनक्याप रेटिङ्गमा फाइभ स्टार रेटिङ्ग पाउने पहिलो भारतीय गाडी भएको छ । सोही कारण टाटा माेटर्स सुुरक्षामा बढि फोकस भएको देखिन्छ ।
टाटा मोटर्सले सो क्याम्पियनमा नयाँ ग्राहकले गाडी किन्नु अगाडि के गाडीको क्रयास टेस्ट भएको छ ? गाडीमा कतिवटा एयरव्याग रहेको छ ? गाडीमा कुन कुन सेफ्टी फिचर रहेको छ ? के गाडीमा आउदै गरेको नयाँ सेफ्टी रेगुलेसन अनुसारका फिचरहरु छन् ? जस्ता प्रश्नहरु राख्नु पर्ने संदेश दिएको छ ।
अहिलेका ग्राहकहरुले सिट संख्या, बुट स्पेस, इफोटेन्मेन्ट सिस्टम तथा अरु लग्जरीका चिजहरुमा बढि ध्यान दिने तर सुरक्षाका फिचरहरुमा त्यति ध्यान पूर्याएको पाइदैन । टाटा मोटर्सले यो नयाँ क्याम्पेनसँगै ग्राहकको पर्सेप्सनमा परिवर्तन गर्ने प्रयास गरेको जनाएको छ ।


