बैशाखबाट जनकपुर–जयनगर रेलमार्ग सञ्चालन हुने, बर्दिवाससम्म कहिले ?

काठमाडौं । बहुप्रतिक्षित जनकपुर–जयनगर ब्रोडग्रेज रेल आगामी तीन महिनाभित्रमा सञ्चालनमा आउने भएको छ  । आगामी ३ महिना भित्रमा यो रेल सञ्चालनमा आउने गरी काम भैरहेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताएका हुन् । 

उनले रेल सेवा सञ्चालनमा ल्याउनका लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको उनले मेरोअटोलाई जानकारी दिए । ३५ किलोमिटर लामो उक्त रेलमार्ग भारतकोे आर्थिक तथा प्राविधिक सहयोगमा बनिरहेको छ ।   

रेल सेवा छिट्टै नै सञ्चालनमा ल्याउनका लागि आफुहरु लागि परिरहेको महानिर्देशक मिश्रले बताए । उनले भने, ‘पहिलो चरणको रेल सञ्चालनका लागि लिक बिच्छाउने तथा स्टेशन हाउस बनाउने सबै काम भैरहेको छ । आगामी बैशाखभित्रमा रेल सञ्चालनमा आउँछ ।’ 

उनले रेल सेवा सञ्चालनका लागि सुरुमा यसबारे अध्ययन गर्न धेरै समय लागेको  बताए । 

‘रेल ल्याउन सहजै होला जस्तो लागेपनि निकै जटिल छ । यसको कामपनि निकै अप्ठ्यारो छ’ उनले भने ।

महानिर्देशक मिश्रका अनुसार, रेल लिकको क्षमता प्रतिघन्टा सय किलोमिटरको रफ्तार रहेको छ भने, रेल गुड्ने गति प्रतिघन्टा ६० देखि ७० किलोमिटरमात्र हुने छ । 

रेल सञ्चालनमा आएपछि जनकपुरधाम देखि कुर्थासम्मको दुरी पार गर्न जम्मा ४५ मिनेट मात्रै लाग्नेछ । 

अहिले जयनगरदेखि महोत्तरी जिल्लाको बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्ग निमार्णाधिन रहेको छ । त्यसमध्ये दोस्रो चरणमा कुर्थादेखि बिजलपुरा र तेस्रो चरणमा बर्दिबाससम्म पुर्याइनेछ । 


Back_to_top