काठमाडौं । टाटा नेक्सन ईभीको डार्क एडिसन नेपाल आउने भएको छ । भारतमा केही महिना अघिबाटै विक्री सुरु भएको डार्क एडिसन अबको कही दिनमै नेपाली बजारमा विक्री सुरु हुन लागेको हो ।
टाटा मोटर्सको आधिकारीक वितरक सिप्रद्धी ट्रेडिङले नयाँ भेरियन्ट चाँडै नेपाल ल्याउन जानकारी दिएको छ । कम्पनी स्रोतका अनुसार नयाँ एडिसन ल्याउने एकिन भएपनि मूल्य भने तय भएको छैन ।
एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरी दुई भेरियन्टमा डार्क एडिसन सार्वजनिक हुनेछ । मिड नाइट ब्ल्याक कलर भएको कारण यो अन्य ब्ल्याकलरको तुलनामा उत्कृष्ट रहेको छ । ब्ल्याक कलरमा धेरै ब्लू कलरको हाइलाइट पाउन सकिन्छ । टाटा मोटर्सले यसमा कलर कम्बिनेसन निकै उत्कृष्ट रहेको छ ।
नयाँ डार्क भेरियन्टमा ईभी र डार्क भेरियन्टको ब्याच दिइएको छ । एलइडी हेडल्याम्प, आकर्षक अलोय ह्वील, एलइडी टेललाइट, प्रोजेक्टर हेडल्याम्प, फास्ट चार्जरले ६० मिनेटमा २० देखि ८० प्रतिशत चार्ज हुन्छ । यसमा अनबोर्ड चार्जर भने ३.३ किलोवाट क्षमताको रहने छ ।

टाटा नेक्सनको डर्क एडिसनमा पनि रेगुलर मोडलको जस्तै ३०.२ किलोवाट आवरको ब्याट्री र पीकपावर ९५ किलोवाट क्षमताको मोटर दिएको छ । एआरएआईको अनुसार एक पटकको फुल चार्जमा यसलाई ३१२ किलोमिटर गुडाउन सकिन्छ । तर, नेपालको सडकको अवस्था र यहाँको भौगोलिक बनावटको कारण २२० किलोमिटर हाराहारी रेन्ज पाउन सकिन्छ ।
नेक्सन ईभीको डार्क एडिसनमा सिग्नेचर एलइडी टेलल्याम्प, फ्लोटिङ रुफ, पियानो व्ल्याक ओआरभीएम, रुफरेल, सार्क फिन एन्टेना, १६ इन्चको डायन्ड कट अलोय ह्वील, बडी कलर डोर ह्याण्डल जस्ता फिचर पाउन सकिन्छ ।

यसको इन्टेरियर पनि डार्क कलरमा नै सजाइएको छ । ट्राइयरो थिममा तयार भएको इन्टेरियरमा लेदरले मोरिएको फ्ल्याट बटम स्टेरिङ ह्वील, आर्मरेष्ट सहितको ठूलो रेन्टर कन्सोल, कप र छाता होल्डर, ग्लोव बक्स, कुल्ड बक्स, हर्मनको ७ इन्च फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, हर्मनको ८ स्पीकर, स्टेरिङ माउन्ट कन्ट्रोल बटम, ७ इन्चको डिजिटल टिएफटी इन्ट्रुमेन्ट क्लष्टर, भ्वाइस अलर्ट सिस्टम जस्ता फिचर पाउन सकिन्छ ।
भारतीय बजारमा विक्री सुरु भएदेखि नै निकै राम्रो विक्री पाइरहेको नेक्सन ईभी किन्ने धेरै ग्राहक नेपालमा पनि गाडी बुकिङ गरेर बसेका छन् ।

