हेर्नुहोस् ५ दिनपछि सार्वजनिक हुने टाटा नेक्सन इभी

काठमाडौं । टाटा मोटर्सले यहि डिसेम्बर १९ मा सार्वजनिक गर्ने इलेक्ट्रीक एसयूभी ‘नेक्शन इभी’को टिजर लञ्च गरेको छ ।  १५ देखि १६ लाख भारुमा सार्वजनिक हुने नेक्सन इभी कम्पनीकै पहिलो इलेक्ट्रीक एसयूभी हो ।

जिपट्रोन इभीको टेक्नोलोजीमा आधारित यो एसयूभीले फुलचार्जमा झन्डै ३०० किलोमिटर रेञ्ज प्रदान गर्ने बताइएको छ । 

नेक्सन इभीमा वाटरप्रुफ आइपी–६७ ब्याट्रीसँगै लिथियम आयान ब्याट्री सेल लगाइएको छ भने मोटरमा लिक्वीड कुल्ड सिस्टम प्रदान गरिएको छ ।

सुरक्षालाई मध्यनजर गर्दै हाइ स्ट्रेन्थ स्टिल र बोस्टले ब्याट्रीलाई ढाकिएको छ । आकर्षक पर्फमेन्स दिने नेक्सन इभी विश्वसनिय इलेक्ट्रीक एसयूभी बन्ने कम्पनीको दाबी छ । 

टाटा मोटर्सको नेपालको लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले भारतमा बिक्री सुरु भएको केही समयपछि यसलाई नेपाली बजारमा ल्याउने बताइसकेको छ । 


Back_to_top