काठमाडौं – टाटा मोटर्सको यङ सीयूभी टाटा एनआरजी मंगलबार एक कार्यक्रमका बिच टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सार्वजनिक गरेको छ ।नेपाली बजारमा टाटा एनआरजी पेट्रोल भेरिएन्टमा उपलब्ध रहेको छ । यसमा रहेको १.२ लीटरको इन्जिनले ८५ पीएस पावर तथा ११४ एनएम टर्क उत्पादन गर्छ ।
उक्त कार्यक्रममा सिप्रदी ट्रेडिङका सिइओ राजनबाबु श्रेष्ठले ‘आधुनिक डिजाइन र प्रविधि रहेको टाटा एनआरजीले नेपाली बजारमा एउटा विशेष स्थान हासिल गर्ने बताए । साथै देशभरी फैलिएको टाटा माेटर्सका सर्भिस सेन्टरहरूबाट टाटाका सवारीधनीले उत्कृष्ट बिकि् पछिकाे सेवा पाउने बताए ।’
टाटा एनआरजी मालाबार सिल्भर, क्यानियन अरेन्ज तथा फूजी ह्वाइट तीनवटा कलर अप्सनमा उपलब्ध रहेको छ । यसकाे इन्टरडक्टरी प्राइस २९ लाख ५५ हजार रहेको छ ।

