‘पन्च माइक्रो एसयूभी’ यही महिना नेपाल आउने

काठमाडौं । टाटाको सबैभन्दा सानो एसयूभी पन्च यही महिना नेपाल आउने भएको छ । नेपालको लागि टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले पन्च मार्च अन्तिमसम्ममा नेपाल ल्याउन लागेको हो ।

मार्च अन्तिममा नेपाल आउने भएपनि यसको आधिकारीक विक्री भने अप्रिल अन्तिमबाट मात्रै सुरु गर्ने तयारी कम्पनीले गरेको छ ।

‘हामीले सुरुमा ल्याएको गाडी टेष्ट ड्राइभ गर्ने र देशका विभिन्न क्षेत्रमा परिक्षण गर्ने योजना बनाएका छौं । यी सबै काम सकेर अप्रिल अन्तिमबाट पन्चको विक्री सुरु गर्ने योजना बनाएका छौं’, सिप्रदी ट्रेडिङ स्रोतले भन्यो ।

टाटा पन्च माइक्रो एसयूभी सेग्मेन्टमा टाटाले ल्याएको पहिलो कार हो । यसले पनि ग्लोबल क्र्यास टेष्टमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ । भारतमा विक्री सुरु भएदेखि नै यसले लगातार राम्रो विक्री पाइरहेको छ ।

भारतमा विभिन्न ४ भेरियन्टमा विक्री हुँदै आएको भएपनि नेपालमा कति भेरियन्ट आउने छ भन्ने विषयमा कुनै जानकारी प्राप्त भएको छैन ।
साइजमा सानो भएपनि डिजाइन, भेरियन्ट, पर्फमेन्स, स्पेशियस क्यावीन र पूर्ण सुरक्षित कार भएको कारण नै भारतमा यसको विक्री राम्रो भएको मानिन्छ ।

टाटा पन्चमा १.२ लिटर थ्रि सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८६ बीएच पावर र ११३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल र एएमटी गियरबक्स उपलब्ध हुनेछ । यसमा १८७ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ ।

निकै बाक्लो बडी क्लाडिङ, स्क्वायर अफ ह्वील आर्क, एलइडी टेलल्याम्प, हर्मनको ७ इन्च इन्फोटेन्टमेन्ट सिस्टम, ९० डिग्रीमा खुल्ने ढोका, १६ इन्चको डायमन्ड कट अलोय ह्वील, अटोमेटीक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर, रिभर्स क्यामेरा र सेन्सर यसको टप भेरियन्टमा पाउन सकिन्छ । साथै, पुस बटम स्टार्ट/स्टप बटम, दुई एयरव्याग, एबीएस, इबीडी, इएससी, कुल्ड ग्लोबबक्स, क्रुज कन्ट्रोल, अटो फोल्डिङ ओआरभीएम, लेदर र्याप स्टेरिङ ह्वील जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top