काठमाडौं । रेनोले आफ्नो चर्चित एसयूभी डस्टर बन्द गरेसँगै अन्य नयाँ मोडल ल्याउने तयारी गरिरहेको समाचारहरु बाहिर आएका थिए । यही सेरोफेरोमा नयाँ एसयूभीको तयारी चलिरहेको समाचारहरु बाहिर आएका छन् ।
रेनोले ल्याउने नयाँ एसयूभी अल न्यू मोडल हुने छ । कम्पनीले यसलाई सन् २०२३ मा बजारमा ल्याउने छ । सम्भवत रेनोले यसलाई ‘अल न्यू डस्टर’ नाममा नै ल्याउने छ ।
‘सिएमएफ-बी’ प्लेटफर्ममा आधारित रहेर आउने नयाँ जेनेरेशन डस्टरले फक्सवागेन टाइगुन, स्कोडा कुशक र हुन्डाई क्रेटा जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
रेनोले नयाँ जेनेरेशन मोडलमा हाइब्रिड इन्जिन दिने छ । अफरोडको लागि उपयुक्त भएर आउने नयाँ मोडलमा फोर वाई फोर सिस्टम रहने छ । रेनोको लिगेसीलाई बल पुग्नेगरी आउन लागेको नयाँ एसयूभीसँगै मोडल लाइनअपमा रेनो बलियो बन्ने देखिन्छ ।


