काठमाडौं । दैनिक ४४ रुपैयाँभन्दा कम मूल्यको ऊर्जा खपतमा कार चलाउन सकिन्छ । अहिलेको औषत दरमा ४ युनिट विद्युतको मूल्य ४४ रुपैयाँ पर्छ ।
दैनिक एक कप चियाकै मूल्यमा चलाउन मिल्ने विद्युतीय कार टाटा टियागो ह्याचब्याक हो । टाटा टियागोलाई ४ युनिट विद्युतको प्रयोगबाट झण्डै ३० किलोमिटर गुडाउन सकिन्छ । उपत्यकामा दैनिक घर अफिस गर्नेको लागि यो पर्याप्त हो ।
तपाईंको यात्रा दैनिक १०० किलोमिटर हाराहारी छ भने पनि एक कप कालो कफीको मूल्य बराबरको रकमले गाडी चार्ज गर्दा पुग्छ । समग्रमा हेर्दा टियागो किफायती प्रति कोलोमिटर यात्रा खोज्नेको लागि उत्कृष्ट मोडल हो ।
मूल्यका हिसाबले पनि टियागो ईभी उत्कृष्ट छ । कम्पनीले यसको टप भेरियन्टको मूल्य नै २९ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री हुँदै आएको छ ।
अहिले पेट्रोलियम पदार्थको मूल्यले आकाश छोएको समयमा टाटाको टियागो ईभी नयाँ कार खोज्नेको लागि उत्तम विकल्प हुन सक्छ । कम्पनीको बिक्रीपछिको सेवा, देशभर रहेको सर्भिस र बिक्री नेटवर्क जस्ता कारण पनि टाटा ब्राण्ड नेपालमा बलियो बन्दै गएको छ ।
टियागो ईभी किन्नेले टप भेरियन्ट नै किन्दा पनि ६ लाख रुपैयाँ डाउन पेमेन्ट गर्दा पुग्नेछ । अहिले बैंकहरूले दिने कर्जाको ब्याजदर पनि कम भएको कारण मासिक ३५ हजार हाराहारी किस्ता तिर्दा पुग्छ ।
यस्तो छ टाटा टियागो ईभी
टाटाको फ्यामली ह्याचब्याक टियागो ईभीको लम्बाइ ३७६९ एमएम, चौडाइ १६७७ एमएम र उचाइ १५२६ एमएम छ । यसमा २४०० लामो ह्वीलबेस छ ।
टाटा टियागो ईभीमा २४ किलोवाट आवर क्षमताको लिथियम आयन ब्याट्री दिइएको छ । यसलाई कम्पनीले लङ रेन्ज मोडल भन्छ । यसमा ४९ किलोवाट आवरको मोटर जडान गरिएको छ । यसले एकपटकको फुलचार्जमा ३१५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

टियागो डीसी फास्ट चार्जर सर्पोट गर्ने कार हो । यसलाई डीसी चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
टियागोले ५.७ सेकेण्डमै ६० किलोमिटर प्रतिघण्टाको गति भेट्टाउन सक्छ । यसमा सिटी र स्पोर्टस गरी दुई ड्राइभ मोड पाउन सकिन्छ । टियोगोमा ४ लेबलको रिजेनेरेसन ब्रेकिङ मोड छ ।
टाटाले यो ह्याचब्याकमा ४५ थरी फिचर रहेको जी-कनेक्ट स्ट्याडर्ड फिचरको रूपमा रहेको छ । एप्पल कारप्ले र एन्ड्रोइड अटो फिचर कनेक्टिभिटी, ७ इन्चको हर्मन इन्फोटेन्मेन्ट सिस्टम र ८ वटा स्पीकर यसमा पाउन सकिन्छ ।

टियागो ईभीमा लेदरेटेड सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेनसेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, इलेक्ट्रीक ओआरभीएम, क्रुज कन्ट्रोल, कुल्ड ग्लोवबक्स, पुस बटम स्टार्ट स्टप जस्ता फिचरहरू रहेका छन् ।
टाटाले टियागो ईभीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी दिएको छ ।

