टियागो र सीथ्री ईभीको मूल्य उस्तै, यस्तो हुन सक्छ नेपालमा मूल्य

काठमाडौं । टाटा पन्चको मूल्यमा नै सार्वजनिक भएसँगै सिट्रोन सीथ्री इलेक्ट्रीकको चर्चा बढेको छ । सिट्रोनले भारतमा उत्पादन गरेको सीथ्रीको इलेक्ट्रीक भर्सनको दुई भेरियन्टको मूल्य ११ लाख ५० हजार र १२ लाख १३ हजार भारतीय रुपैयाँ तोकेर सार्वजनिक भएको हो ।

टाटा टियागो इलेक्ट्रीक लङ रेन्ज मोडलको एक्सजेड प्लस लग्जरी भेरियन्टको मूल्य ११ लाख ४९ हजार र एक्सजेड प्लस टेक लग्जरी (७.२ किलोवाट चार्जर) भएको भेरियन्टको ११ लाख ९९ हजार भारतीय रुपैयाँ रहेको छ । सम्भवतः यी दुबै इलेक्ट्रीक कार ३० लाखभन्दा कम मूल्यमा नेपाल आउने छन् ।

यसअघि पनि सिट्रोनले कम मूल्यमा नै सीथ्री सार्वजनिक गर्ने चर्चा भएको थियो । नियमित ह्याचव्याकको तुलनामा केही ठूलो साइजमा उपलब्ध सीथ्री टाटा टियागोको माथिल्लो दुई भेरियन्टकै हाराहारी मूल्यमा आएको कारण धेरैले यसमा चासो ब्यक्त गरेका छन् ।

तत्काल नेपालमा उपलब्ध नभएपनि अबको केही महिनापछि दुबै मोडल नेपाल आउने छन् । बढ्दो विद्युतीय कारको माग सम्बोधन गर्न यी दुबै कार चाँडोभन्दा चाँडो नेपाल ल्याउन कम्पनीहरु लागि परेका छन् । टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङ र सिट्रोनको आधिकारीक विक्रेता साँग्रिला मोटर्सले यी दुबै कार नेपालमा विक्री गर्नेछन् ।

यस्तोमा टाटा टियागो लङ रेन्ज भर्सन र सिट्रोन सीथ्रीको बीचमा रहेका केही भिन्नतालाई हामीले यहाँ केलाउने प्रयास गरेका छौं ।

ब्याट्रीः टाटा टियागो दुई ब्याट्री अप्सनमा उपलब्ध छ । यसको स्टायडर्ड भेरियन्टमा १९.२ किलोवाट आवर र लङ रेन्जमा २४ किलोवाट आवरको ब्याट्री दिइएको छ । सिट्रोनले आफ्नो इलेक्ट्रीक सीथ्रीमा २९.२ किलोवाट आवरको ब्याट्री दिएको हो ।

चार्ज गर्न लाग्ने समयः ब्याट्रीको साइज अनुसार त्यसलाई चार्ज गर्न समय लाग्ने हो । सिट्रोन सीथ्रीमा ठूलो ब्याट्री भएको कारण घरको सामान्य विजुलीबाट यसलाई १० घन्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिन्छ । त्यस्तै टियागो ईभीलाई त्यही चार्जिङ पद्दतीबाट ८ घन्टा ४० मिनेटमा चार्ज गर्न सकिन्छ । दुबैले डिसी फास्ट चार्जर सपोर्ट गर्नेछ ।

रेन्जः नेपालमा ईभी किन्नेको मूख्य चासो नै रेन्ज हुने गर्छ । कम्पनीले गरेको दावी र एआरएआईले गरेको परिक्षणमा टियागोले सिंगल चार्जमा ३१५ र सीथ्रीले ३२० किलोमिटर रेन्ज दिन्छ ।

मोटर पावरः मोटर पावरको आधारमा टाटा टियागोमा ठूलो मोटर दिइएको छ । यसमा ५५ किलोवाट आवरको मोटर दिइएको छ । सिट्रोन सीथ्रीमा भने ४२ किलोवाट आवरको मोटर उपलब्ध रहेको छ ।


Back_to_top