काठमाडौं । होण्डा इन्डियाले १०० सीसी नयाँ मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले इन्ट्रीलेभल सेग्मेन्टमा हिरो स्प्लेन्डरसँग प्रतिस्पर्धा गर्ने मोटरसाइकल ल्याउने भएको हो ।
कम्पनीले मार्च १५ मा १०० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउने भएको हो । गत वर्ष नै होण्डा इन्डियाका सीईओले कम्पनीले १०० इन्ट्री लेभल सेग्मेन्टमा मोटरसाइकल ल्याउने घोषणा गरेका थिए ।
होण्डाले नयाँ मोटसाइकल मुम्बई सहरबाट सार्वजनिक गर्ने भएको छ । कम्पनीले ल्याउने नयाँ मोटरसाइकल साइन १२५ को प्लेटफर्ममा १०० सीसी मोटरसाइकल हुने अनुमान गरिएको छ ।
होण्डा इन्डिया स्कुटर सेग्मेन्ट सधैं पहिलो नम्बरमा रहँदै आएको छ । तर, इन्ट्रीलेभल मोटरसाइकल सेग्मेन्टमा भने हिरोको एकाधिकार रहेको छ ।
हाल होण्डाको इन्ट्रीलेभल मोटरसाइकलमा ‘सीडी ११०’ रहेको छ । यसले हिरो स्प्लेन्डरसँग प्रतिस्पर्धा गरिरहेको छ ।
नयाँ आउने मोटरसाइकलको बारेमा कम्पनी अन्य जानकारी बाहिर ल्याएको छैन । नयाँ मोटरसाइकलमा अलोय ह्वील, डीआरएल, टेलिस्कोपिक सस्पेन्सन, कम्बाइन ब्रेकिङ सिस्टम, सेमि डिजिटल कन्सोल जस्ता फिचर हुने अनुमान गरिएको छ ।

