टाटाले दियो ८९५ जना सवारी चालकलाई प्रशिक्षण

काठमाडौं । सवारीसाधनमा नवीनतम प्रविधि प्रयोग भइरहेको अवस्थालाई मध्यनजर गर्दै सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा मिति असार १ गतेदेखि ९ गतेसम्म ट्रेनिङ आयोजना गरिएको थियो ।

‘राष्ट्रिय सवारी चालक तालिम कार्यक्रम’ नाम दिइएको उक्त कार्यक्रम भब्यरुपमा सफलतासँगै सम्पन्न भएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । देशभर फैलिएका सिप्रदीका सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरबाट ८९५ जना टाटा कमर्शियल गाडीका चालकहरुले ट्रेनिङमा सहभागीता जनाएका थिए ।

उक्त कार्यक्रमा चालकलाई भारतीय प्रदुषण मादण्ड बीएस फोरको प्रविधि पक्ष सम्बन्धि ज्ञान प्रदान गरिएको थियो । साथै, सुरक्षित तथा किफायती ड्राइभिङ्ग, गाडी चलाउँदा चालकहरुले के कस्ता कुराहरुमा ध्यान दिदा गाडीको कार्य क्षमता बृद्धि गर्न सकिन्छ ,गाडीको आयु बढाउन के गर्नु पर्छ ? गाडी संचालन खर्चलाई न्यूनिकरण गर्ने उपाय आदिका बारेमा तालिम दिइएको थियो ।


Back_to_top