अटो शोमा इलेक्ट्रीकको ओइरो, यी हुन् सहभागी दुई पाङ्ग्रे ब्राण्ड

काठमाडौं । विगतका दुई संस्करण कोभिड १९ को कारण आयोजना हुन नसकेको नाडा अटो शो २०२२ भने आगामी भदौ ७ गतेखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।

सबै गाडी तथा मोटरसाइकल विक्रेताले उत्साहपूर्ण रुपमा सहभागिता जनाउने तयारी गरिरहेको यसपटकको अटो शोको मुख्य आकर्षण भने विद्युतीय गाडी हुने पक्का जस्तै छ ।

विगतका वर्षमा सहभागिता नजनाएका धेरै कम्पनी पहिलो पटक अटो शोमा भाग लिने तयारी गरिरहेका छन् । पेट्रोलबाट चल्ने मोटरसाइकल र स्कुटर विक्रेता अधिकांश कम्पनी पुरानै सहभागी हुँदैछन् भने चर्चित मोटरसाइकल ब्राण्ड होन्डा सहभागी हुने छैन । आइसी इन्जिन भएका नयाँ सहभागी कम्पनीहरुमा ट्यारो, मोटरहेड र जावा मात्र रहेको छन् ।

त्यस्तै अन्य आइसी इन्जिन भएका मोटरसाइकल ब्राण्डहरुमा टीभीएस, बजाज, यामाहा, हिरो, रोयल इनफिल्ड, केटीएम, सुजुकी, बीएमडब्ल्यू, भेष्पा/अप्रिलिया र बेनेली जस्ता ब्राण्ड विगतदेखि नै सहभागी छन् ।

त्यस्तै इलेक्ट्रीकतर्फ कम्पनीहरुको ओइरो नै लागेका छन् । नाडा अटो शोमा नै पहिलो पटक एक दर्जन इलेक्ट्रीक दुईपाङ्ग्रे कम्पनीहरु सहभागी हुने भएका हुन् ।

यस वर्ष एनआईयू, सुपर शोको, याडिया, सेगवे, टेल्जी, प्योर इभी, हिरो इलेक्ट्रीक, लेभनिङ, दोहान, आइमा, ओवेन जस्ता कम्पनी सहभागी हुने भएका हुन् ।

यी मध्य टेल्जी, एनआईयू र सुपर शोको यसअघि नै नाडा अटो शोमा सहभागी भइसकेका कम्पनी हुन् भने अन्य कम्पनी नयाँ हुन् ।


Back_to_top