टेस्लाले भारतमा वार्षिक ५ लाख यूनिट कार बनाउने, सस्तो कार पनि बन्ने

काठमाडौं । अमेरिकी इलेक्ट्रीक कार निर्माता टेस्लाले भारतमा वार्षिक ५ लाख यूनिट कार उत्पादन गर्ने महत्वाकांक्षी योजना अगाडि सारेको छ । विश्वकै धेरै जनसंख्या भएको देशमा टेस्लाले आफ्नो कार उत्पादन गर्ने योजना अगाडि सारेको हो ।

टेस्लाका सीईओ इलन मस्क र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच अघिल्लो महिना भएको भेटपछि टेस्लाको भारत प्रबेश निश्चित भएको मानिन्छ ।

अहिलेसम्म महंगा र विलासी कार उत्पादनमा नाम लिइने टेस्लाले भारतीय बजारको लागि इन्ट्री लेभल मोडलको रुपमा नयाँ कार ल्याउने जनाएको छ । कम्पनीले सुरुवाती मूल्य २० लाख भारतीय रुपैयाँ रहनेगरी नयाँ मोडल ल्याउने छ ।

कम मूल्यसँगै वार्षिक ५ लाख विद्युतीय कारको बजार तयार हुने टेस्लाको बुझाई छ । कम्पनीले भारतमा मात्रै यी कार बिक्री नगरी कम मूल्यका कार खोजी हुने इन्डो-प्यासेफिक रिजनमा पनि बिक्री गर्नेछ ।

मेक इन इन्डिया योजना अन्तर्गत भारत आउन लागेको टेस्लाले अधिकांश पार्टस् भारतमा नै उत्पादन गर्नेछ । चीन र जर्मनीमा गिगा प्लान्टको सफलतासँगै मेक्सीकोमा नयाँ प्लान्ट बनाइरहेको टेस्लाले निकट भविष्यमा नै भारतीय प्लान्टको घोषणा गर्ने तयारी गरिरहेको छ ।

टेस्लाले अहिले बोडल थ्री, मोडल वाई, मोडल एस र मोडल एक्स उत्पादन गरेर बिक्री गर्दै आएको छ । कम्पनीले सन् २०२३ को ६ महिनामा ९ लाख ४० हजार यूनिट हाराहारी ईभी बिक्री गरिसकेको छ ।


Back_to_top