गाडी टेस्ट ड्राइभ गर्नेलाई निःशुल्क सिनेमाको टिकेट

काठमाडौं । गाडी बिक्रेता कम्पनीहरुले धेरैभन्दा धेरै मानिसलाई आफ्नो गाडी टेस्ट ड्राइभ गराउन केही न केही उपहार राख्न थालेका छन् । जीएसी एवोनको आधिकारीक बिक्रेता सीजी मोटर्सले पनि आफ्नो गाडीको टेस्ट ड्राइभ गर्नेलाई निःशुल्क सिनेमाको टिकेट दिने भएको हो ।

अहिले जीएसीले एवोन वाई र भी मोडलमा एसक्यूव सिनेमा हलको दुई वटा टिकेट उपलब्ध गराउने छ । चिनियाँ ब्राण्ड जीएसीले एवोन ब्राण्डका वाई र भी मोडल ल्याएर बिक्री गर्दै आएको छ ।

जीएसी एवोन वाई नेपालमा बिक्री सुरु भएको झण्डै एक वर्ष पुग्न लागेको छ । त्यसैगरी एवोन भी भने अघिल्लो महिना मात्रै नेपालमा बिक्री सुरु भएको हो । कम्पनीले एवोन वाई एउटा मात्रै भेरियन्टमा उपलब्ध गराएको छ । यसको मूल्य ५८ लाख ५० हजार रुपैयाँ तोकेर बिक्री हुँदै आएको छ ।

सीजी मोटर्सले एवोन भीलाई भने दुई भेरियन्टमा उपलब्ध गराएको छ । कम्पनीले यसको मूल्य सर्ट रेन्ज भेरियन्टको ६४ लाख ९९ हजार र लङ रेन्ज भेरियन्टको ६९ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।


Back_to_top