टेस्लाका झण्डै ४ लाख कारको स्टेरिङमा समस्या

काठमाडौं । अमेरिकी लग्जरी इलेक्ट्रीक कार ब्राण्ड टेस्लाले आफ्ना ३ लाख ७६ हजार २४१ युनिट मोडल थ्री र मोडल वाईको स्टेरिङमा समस्या देखिएको भन्दै त्यसलाई बनाउन उपभोक्ताहरुलाई आग्रह गरेको छ । कम्पनीका अनुसार यी कारमा पावर स्टेरिङ एसिस्टेन्समा समस्या देखिएको हो ।

कम्पनीले आफ्ना गाडीमा आएको समस्या ‘ओभर दी एयर’ अप्डेट मार्फत समाधान सुरु भएको जनाएको छ । स्टेरिङ सिस्टममा समस्या आएको भन्दै अमेरिकाको नेशनल हाइवे ट्राफिक सेफ्टी एड्मिस्ट्रेसनले त्यसलाई ठिक गर्न भनेको थियो ।

नियामक निकायको निर्देशनसँगै टेस्ला टीमले त्यसको समाधान गरेको र उपभोक्तालाई आफ्नो गाडी ठिक गर्न जानकारी दिने उद्देश्यले रिकल गरिएको हो ।

टेस्लाका गाडीमा धेरै किसिमका समस्याहरु देखिन थालेको इनसाइड ईभीको रिपोर्टमा पनि दावी गरिएको छ । जनवरी १०, २०२५ मा मात्रै टेस्ला गाडीमा ३ हजार १२ जनाले वारेन्टी दावी गरेका छन् । ५७० साधनमा विभिन्न किसिमको समस्या रहेको रिपोर्ट परेको थियो । टेस्लाले अमेरिका बाहिर पनि यस्ता घटना भोगिरहेको छ ।


Back_to_top