हाइटेक बन्यो ‘एटो-३’, थपियो टन्नै फिचर

काठमाडौं । बीवाइडीले आफ्नो सफल र ग्लोवल मोडल एटो-३ को फेसलिफ्ट गरेको छ । कम्पनीले केही दिन भित्रै चीनबाट बिक्री सुरु गर्न लागेको नयाँ एटो-३ को तस्बिर बाहिर आएको हो ।

बाहिर आएको तस्बिर अनुसार अगाडिको भागमा परिमार्जन देख्न सकिन्छ । पहिलेको तुलनामा निकै स्पोर्टी लाग्ने फ्रन्ट बम्पर दिइएको छ । बम्परमै क्यामेरा पनि देख्न सकिन्छ । ठूलो साइजको एयर इनटेक दिइएको एटो-३ नयाँ मोडलमा हेडलाइट भने पहिलेकै छ ।

नयाँ कलर अप्सन, नयाँ रुफस्पोइलर र पछाडि दिइएको दुई ब्रेकलाइट सहित आउन लागेको नयाँ एटो-३ मा डाइनामिक टर्न सिग्नल पाउन सकिन्छ । कम्पनीले ह्वील साइज पहिलेकै १७ र १८ इन्चलाई निरन्तरता दिएको छ । साथै, ह्वील डिजाइन भने परिवर्तन भएको छ ।

बीवाइडीले गडस् आई नामक ड्राइभिङ एसिस्टेन्स सिस्टम दिएर ल्याउन लागेको एटो-३ को विन्डसिलमा ३ वटा क्यामेरा दिइएको छ । १२ अल्ट्राशोनिक राडार, ५ लङ रेन्ज क्यामेरा, चार वटा सराउन्ड भ्यू क्यामेरा, ५ वेभराडार दिइएको छ । यसमा कुल २९ वटा सेन्सरहरुको प्रयोग गरिएको कम्पनीको भनाइ छ ।

बीवाइडीका अनुसार यसमा हाइ स्पीड नेभिगेसन सेन्सरहरुको पनि प्रयोग भएको छ । ६ वटा इन्टेलिजेन्ट पार्किङ सेन्सर सहित आउन लागेको नयाँ एटो-३ मा ब्याट्री भने परिमार्जन भएको छैन । अहिले बजारमा उपलब्ध जस्तै ४९.९ र ६०.५ किलोवाट आवरको ब्लेड ब्याट्रीमा नै आउने छ ।


Back_to_top